9 October ,2026,Friday

फुलवरिया पाल स्टेडियममा पिप्राढी इलेभेनको ऐतिहासिक उपाधि जित

बारा, २४ पुस । देवताल गाउँपालिका वडा नं १ स्थित फुलवरिया पाल स्टेडियममा भव्य रूपमा आयोजना गरिएको क्रिकेट टुर्नामेन्टको फाइनल खेल आज सम्पन्न भएको छ। फाइनलमा बादल इलेभेन दक्षिण झिटकैया र पिप्राढी इलेभेन क्रिकेट क्लबबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

टस जितेर बादल इलेभेनले फिल्डिङ रोजेपछि पिप्राढी इलेभेनले ब्याटिङ गर्दै निर्धारित ओभरमा १३७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। लक्ष्य पछ्याउने क्रममा बादल इलेभेन ९३ रनमै अलआउट भएपछि पिप्राढी इलेभेनले फाइनल जित्दै उपाधि हात पार्‍यो ।

लामो समयदेखि क्रिकेटमा सक्रिय रहँदै आएको पिप्राढी इलेभेनका लागि यो जित विशेष र ऐतिहासिक रह्यो। कप्तान अतिश कुमार यादवको नेतृत्वमा टोलीले एक दशक लामो ट्रफीको प्रतीक्षा अन्त्य गर्दै पहिलोपटक उपाधि जित्न सफल भयो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका अतुल सिंह ‘म्यान अफ द म्याच’ घोषित भए भने, सम्पूर्ण प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गरेका अनुभवी खेलाडी सन्दीप मिश्राले ‘म्यान अफ द सिरिज’ को उपाधि हात पारे।
खेलको अम्पायरिङ शिक्षक तथा अनुभवी खेलाडी सुधीर सिंह र अभिषेक सिंहले गरेका थिए।

ट्रफी वितरण समारोहमा देवताल गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अरुण सिंह, वडा नं ४ का वडा अध्यक्ष ललन यादव, युवा नेता कौशल किशोर सिंह, नवलकिशोर यादवसहित बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा हजारौँ खेलप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो ऐतिहासिक जितसँगै पिप्राढी इलेभेन क्रिकेट क्लबले स्थानीय क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको भन्दै खेलप्रेमीहरूले खुशी व्यक्त गरेका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...