Author: admin

  • ग्याँसको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने प्रजिअको चेतावनी

    ग्याँसको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने प्रजिअको चेतावनी

    बारा । खाना पकाउने एलपी ग्याँसको बिक्री–वितरणलाई सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले बुधवार साँझ ९ बुँदे निर्देशनात्मक सूचना जारी गरेको छ। बजारमा ग्याँसको कृत्रिम अभाव भएको र व्यापारीले मनपरी गरेको भन्दै उपभोक्ताको गुनासो बढेपछि प्रशासनले सूचना जारी गरेको हो ।
    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी सूचनामा अनावश्यक मौज्दात राखेर कृतिम अभाव सिर्जना नगर्न, सरकारले तोकेको भन्दा बढी मूल्यमा ग्याँस विक्री नगर्न, ग्याँस वितरण प्रणाली पारदर्शी बनाउन, खाली सिलिन्डर लिएर मात्र भरिएको सिलिन्डर बिक्री गर्न अनुरोध गरिएको छ । मिश्रले जिल्लाका सबै ग्याँस उत्पादक, वितरक र डिलरले तोकिएको नियम अनिवार्य रूपमा पालना गर्न, ग्याँस बिक्री र मौज्दातको अभिलेख कार्यालयमा पठाउन समेत निर्देशन गरेका छन् ।
    प्रजिअ मिश्रले बजार अनुगमनलाई तीव्र बनाउने र नियम पालना नगरेको वा कालोबाजारी गरेको पाइएमा कानुन अनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले ग्याँसको कालोबाजारी वा कृत्रिम अभाववारे जानकारी दिन उपभोक्ताले सहायक प्रमुख जिल्ला अधिकारीलाई सोझै ९८५५०४५४०३ मा फोन गर्न वा ह्वाट्सएप नम्बर ९८५५००७७७८ मा सन्देश पठाउन अनुरोध गरेका छन् ।
  • बकैया खोलाको बाढीले बाँध कटान, सुरक्षा टोली परिचालन

    बकैया खोलाको बाढीले बाँध कटान, सुरक्षा टोली परिचालन

    बारा, २० साउन । बाराको निजगढ नगरपालिका वडा नं. ८ मा रहेको बकैया खोलामा पानीको बहाव अत्यधिक बढेपछि त्यस क्षेत्रमा जोखिम उत्पन्न भएको छ।
    बुधवार अपरान्ह १६ः०० बजेदेखि भएको निरन्तर वर्षाका कारण खोलामा पानीको सतह पहिलेको तुलनामा करिब ९ फिटले बढेको छ। बाढीका कारण खोलाको पश्चिमीसतर्पmको बाँधमा हल्का कटान शुरू भएको छ।
    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट पश्चिम करिब २ किलोमिटर दूरीमा रहेको प्रभावित क्षेत्रमा प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिई सुरक्षा तथा उद्धार कार्यमा जुटेको छ।
  • २०७ किलो गाँजासहित चालक पक्राउ

    २०७ किलो गाँजासहित चालक पक्राउ

    वीरगंज, २० साउन । २०७ किलोग्राम लागूऔषध गाँजासहित एकजना पिकअप चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्साले मंगलवार साँझ करिब ६ः३० बजे बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअपलाई रोकी खानतलासी गरिएको थियो। जाँचका क्रममा सिमेन्टको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २०७ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
    घटनापछि पिकअपका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई नियन्त्रणमा लिइएको छ।
    प्रहरीले बरामद गाँजा, पिकअप गाडी तथा पक्राउ परेका चालकलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।
  • स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

    स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

    काठमाडौँ, ३१ जेठः हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ ।
    अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन ।
    स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे ।
    समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अङ्कका साथ दोस्रो स्थानमा छ ।
    त्यस्तै, समान एक अङ्क नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ । अङ्कविहीन रहेको हाइटी चौथो स्थानमा छ ।
    विश्वकपअन्तर्गत आजै समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल अहिले बिहान ९ः४५ बजेदेखि सुरु हुनेछ । आज हुने अर्को समूह ‘इ’ को खेलमा जर्मनी र कुराकाओबीच भिडन्त हुनेछ । उक्त खेल राति १०ः४५ बजे हुनेछ ।
  • नारायणी रंगशाला र कभर्डहलको स्तरोन्नतिका लागि साढे १५ करोड बजेट विनियोजन

    नारायणी रंगशाला र कभर्डहलको स्तरोन्नतिका लागि साढे १५ करोड बजेट विनियोजन

    वीरगंज, २९ जेठ । बालेन सरकारको विशेष प्राथमिकतामा परेको वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटमा कुल साढे १५ करोड रुपियाँँ विनियोजन गरिएको छ ।
    खेलकुद मन्त्रालयले रंगशाला र कभर्ड हलको विकासका लागि १२ करोड ५० लाख रुपियाँँ छुट्याएको छ भने पूर्वाधार विकास मन्त्रालयले फ्लड लाइट जडानसहित अन्य आवश्यक स्तरोन्नतिका लागि थप ३ करोड रुपियाँ विनियोजन गरेको हो ।
    पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद हरि पन्तले नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा आफूले आम जनता र सरोकारवालाहरू माझ रंगशालाका लागि बजेट पर्नेमा निर्धक्क भएर कुरा राखेको स्मरण गराउनुभएको छ । मिडिया र विभिन्न सार्वजनिक मञ्चहरूमा आफूले यस विषयमा दिएको ओजपूर्ण ओकालत अहिले बजेटमार्पmत प्रमाणित भएको उहाँको भनाइ छ ।
    सांसद पन्तले बजेट निर्माणको चरणमा आफूले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बारम्वार संवाद र समन्वय गरेको उल्लेख गर्दै मधेस प्रदेशकै गौरवको रूपमा रहेको यस खेलकुद पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर पर्याप्त बजेट विनियोजन गरिदिएकोमा अर्थमन्त्री डा. वाग्लेप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । यो बजेटले वीरगंज र समग्र क्षेत्रको खेलकुद क्षेत्रमा ठूलो रूपान्तरण ल्याउने विश्वास गरिएको छ ।
  • ६७ कार्टुन स्याउसहित तीन जनालाई नियन्त्रणमा

    ६७ कार्टुन स्याउसहित तीन जनालाई नियन्त्रणमा

    वीरगंज, २८ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भन्सार छली गरेर नेपाल ल्याइएको ६७ कार्टुन स्याउसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
    विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगंजका छुट्टाछुट्टै स्थानबाट अवैध स्याउ, अटो रिक्सा र ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
    प्रहरीका अनुसार जेठ २८ गते बिहान अन्दाजी ०९ः०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ स्थित मितेरी पुलमुनीको बाटो हुँदै भारततर्फ जाँदै गरेको बी.म.न.पा.१ ह १–०७९६ नम्बरको अटो रिक्सालाई रोकेर जाँच गरिएको थियो । उक्त अटो रिक्सामा बिना बिलबिजक भन्सार छली गरिएका ८ कार्टुन स्याउ फेला परेपछि चालक र सहयोगीलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो ।
    पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ गहवास्थित एक अवैध रूपमा सञ्चालन भइरहेको गोदाममा छापा मारेको थियो । कानूनी रीत पु¥याएर उक्त गोदाम खानतलास गर्दा बिना बिल बिजक लुकाएर राखिएको थप ५९ कार्टुन स्याउ बरामद भएको प्रहरीले जनाएको छ ।
    प्रहरीले वीरगंज म.न.पा. वडा नं. १४ बस्ने (गोदाम सञ्चालक) धनन्जय प्रसाद कलवार (२९ वर्ष), वीरगंज म.न.पा. वडा नं. १४ बस्ने (सहयोगी) अमन कुमार पासवान (२० वर्ष) र वीरगंज म.न.पा. वडा नं. २ छप्कैया बस्ने (अटो रिक्सा चालक) इब्राम आलम (१९ वर्ष)लाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
    बरामद गरिएको जम्मा ६७ कार्टुन स्याउको अनुमानित बजार मूल्य रू. ३,७५,२००।– (तीन लाख पचहत्तर हजार दुर्ई सय) कायम गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, नियन्त्रणमा लिइएका तीनै जना व्यक्ति, अटो रिक्सा र बरामद स्याउलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
    यसैगरी भन्सार छली गरेर ल्याइएका ट्याक्टरका पार्टपुर्जासहित एक जना गोदाम सञ्चालकलाई नियन्त्रणमा प्रहरीले लिएको छ ।
    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १९ बिन्दवासिनीस्थित राहुल मेशिनरी हार्डवेयर पसलमा खानतलासी गर्दा भन्सार छली लुकाइछिपाई राखिएका सामानहरू बरामद गरेको हो ।
    प्रहरीले दुर्ई लाख सात हजार मूल्य बराबरको ट्याक्टरका विभिन्न पार्टपुर्जासहित पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ बस्ने ४० वर्षीय जगत नारायण प्रसाद गुप्ता (पसल सञ्चालक)लाई नियन्त्रणमा लिएको छ ।
    प्रहरीले कानूनी प्रक्रिया पूरा गरी उक्त सामग्रीहरू बरामद गर्नुका साथै पसल सञ्चालक गुप्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बताए । गुप्ता र बरामद गरिएका पार्टपुर्जाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
  • विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

    विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

    काठमाडौँ, २८ जेठः फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।
    जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिनुभयो । उहाँले पूर्वस्वीकृति नलिइ रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्तिसुरक्षा खलबल्याउने गतिविधि नगर्न÷नगराउन सबैलाई अनुरोध गर्नुभएको छ ।
    खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने भएकाले उक्त निवेदनमा उल्लेखित शर्तहरुको अधिनमा रही सङ्घसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइने जनाइएको छ ।
    काठमाडौँ प्रशासनले आजै एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी कोहीकसैले यस कार्यालयको स्वीकृति बेगर आज रातिदेखि हुने फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणका नाममा भीडभाड गर्ने तथा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भए कानुनबमोजिम कारबाही हुने जानकारी दिएको छ ।
  • हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

    हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

    काठमाडौँ, २५ जेठ : एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ ।
    सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा १९ रनले हराएको हो ।

    हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएपछि नेपाल र हङकङबीचको खेल रोकिएको थियो । वर्षाका कारण खेल पुन सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो ।

    नेपालका लागि ओपनर कुशल भूर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६५ रन बनाएका हुन । त्यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए । रोहित पौडेलले २४ बलमा ३५ रन जोडे ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो । हङकङको लागि अशुंमन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन । त्यस्तै सहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काका साथ ५५ रन बनाउँदै आउट भए । शिव माथुरले २१ बलमा २६ रन बनाए ।

    बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।

  • नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छः सभामुख यादव

    नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छः सभामुख यादव

    धनुषा, २५ जेठः मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान दिन नमूना युवा संसदीय अभ्यास कार्यक्रम प्रभावकारी माध्यम बनेको बताउनुभएको छ ।
    मधेस प्रदेशसभा सचिवालयद्वारा आज जनकपुरधाममा आयोजित ‘नमूना युवा संसदीय अभ्यास कार्यक्रम–२०८३’ मा  उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक पर्दछ भन्नुभयो । उहाँले  भन्नुभयो, “संसदीय अभ्यासमार्फत युवाहरूमा नेतृत्व विकास, तार्किक बहस, निर्णय क्षमता तथा जिम्मेवारीबोधको विकास हुनेछ । ”
    सभामुख यादवले लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन युवा पुस्ताले संविधान, कानुन तथा संसदीय प्रक्रियाको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता अभ्यासले युवालाई भविष्यमा सक्षम जनप्रतिनिधि, नीतिनिर्माता तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताउनुभयो ।
    सो अवसरमा प्रदेशसभा सदस्य उपेन्द्र महतोले लोकतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि युवाको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।
    कार्यक्रममा विभिन्न विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाबाट सहभागी भएका युवाले प्रदेशसभाको बैठक सञ्चालन, प्रश्नोत्तर, प्रस्ताव प्रस्तुति तथा छलफलजस्ता संसदीय गतिविधिको अभ्यास गर्नेछ ।
  • २५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    २५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    वीरगंज, २४ जेठ । २५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
    साविक धोरे–८ (हाल पकाहामैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावती भन्ने रीना देवीको घरेलु विवादका क्रममा घाँटी थिची हत्या गरिएको घटनामा संलग्न रहेका प्रतिवादी काशीप्रसाद चौहानलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
    २०५८ साल मंसिर २६ गते बिहान करिब ८ बजे भएको उक्त घटनापछि चौहान फरार रहँदै आएका थिए। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आफ्नै घरठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
    पकाहामैनपुर गाउँपालिका–१ निवासी ५० वर्षीय चौहानलाई जेठ २४ गते बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउपछि उनलाई कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।