रक्सौल, 15 Aug. साउन ३० । विकास परिषद्, शाखा–रक्सौलको तत्वावधानमा शनिबार ८०औँ स्वतन्त्रता दिवस समारोह देशभक्ति एवं राष्ट्रिय गौरवको भावनासहित भव्य रूपमा मनाइएको छ। शाखाका कोषाध्यक्ष सुनील कुमारको शिवनारायण कम्प्लेक्स परिसरमा आयोजित समारोहमा शाखा सचिव नरेश कुमारले राष्ट्रिय झण्डा फहराएका थिए। ध्वजारोहणसँगै परिसर देशभक्तिको भावनाले ओतप्रोत बनेको थियो।
कार्यक्रमको शुभारम्भ सामूहिक रूपमा ‘वन्दे मातरम्’ गायनबाट गरिएको थियो। कार्यक्रममा सहभागी सदस्य तथा नागरिकहरूले राष्ट्रगान र राष्ट्रिय झण्डाप्रति सम्मान व्यक्त गर्दै देशको एकता, अखण्डता तथा समृद्धिका लागि प्रतिबद्ध रहने संकल्प गरेका थिए।
समारोहमा शाखाका संरक्षक अवधेश सिंह, अध्यक्ष रजनीश प्रियदर्शी, सुनील कुमार, उमेश सिकारिया, बिमल कुमार सर्राफ, अजय कुमार, नीतेश कुमार सिंह, प्रशान्त कुमार, अरविन्द जायसवाल, विजय कुमार साह, दिनेश प्रसाद, विनोद कुमार, मनोज कुमार, सुभाष अग्रवाल, सुरेश धानोठिया, शरद सर्राफ, सन्तोष सिंह, शाम्भवी जायसवाल, भाजपा नेता जीतेन्द्र कुमार, अरुण कुमार, आनन्द कुमार तथा वीरेन्द्र सोनीलगायत ठूलो संख्यामा गण्यमान्य नागरिकहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले स्वतन्त्रता सेनानीहरूको त्याग, तपस्या र बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वतन्त्रता केवल अधिकार मात्र नभई राष्ट्रप्रति आफ्नो कर्तव्य निर्वाह गर्ने संकल्प पनि भएको बताए। उनीहरूले समाजमा सेवा, संस्कार, सहकार्य तथा राष्ट्रप्रेमको भावना अझ सुदृढ बनाउन सबैलाई आह्वान गरे।
कार्यक्रमबारे भारत विकास परिषद्, शाखा–रक्सौलका सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले जानकारी दिएका छन्।

