16 August ,2026,Sunday

गौतम समाज कल्याण संस्थाद्वारा नारायणी अस्पतालको निःशुल्क भोजन शिविरलाई ३२ हजार सहयोग

अभिलाष गुप्ता
वीरगंज, ३० साउन। वीरगंज–१३, श्रीपुरस्थित गौतम सेकेन्ड्री स्कूल तथा गौतम समाज कल्याण संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगंज समाज सेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरका लागि एक दिनको सम्पूर्ण भोजन खर्चबापत ३२ हजार रुपैयाँ सहयोग गरेको छ।

गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा ३२ हजार रुपैयाँको चेक वीरगंज समाजसेवाका महासचिव प्रकाश बाहेतीलाई अध्यक्ष क्षेत्रीले हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्तालगायत पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। साथै गौतम सेकेन्ड्री स्कूलका विद्यार्थी, शिक्षक तथा एनसीसीका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै गौतम समाज कल्याण संस्थाका सौराज प्रधानले सामाजिक सेवाको भावनाबाट प्रेरित भएर संस्था तथा विद्यालयले विभिन्न सहयोगात्मक कार्यलाई निरन्तरता दिँदै आएको बताए।

उनले गौतम सेकेन्ड्री स्कूल ५० वर्ष पुगेको अवसरमा सामाजिक सेवाका कार्यक्रमलाई थप निरन्तरता दिने योजना रहेको बताए। “विद्यालयको ५० औँ वर्ष पुगेको अवसरमा अब हरेक महिना खाना खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौँ। त्यसैको सुरुवात आज वीरगंज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरबाट गरेका हौँ,” उनले भने।

प्रधानले समाजका असहाय, अनाथ तथा विशेष आवश्यकता भएका बालबालिकालगायत आवश्यकतामा रहेका व्यक्तिहरूको जीवन सहज बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने बताए। आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोगात्मक कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने संस्थाको योजना रहेको उनको भनाइ छ।वीरगंज सामाज सेवाद्वरा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरबाट दैनिक रूपमा बिरामीका कुरुवा, उपचारका लागि आएका सेवाग्राही तथा अन्य आवश्यकतामा रहेका व्यक्तिहरू लाभान्वित हुँदै आएका छन्। उक्त दिनको भोजन सेवाबाट करिब ४ सयदेखि ५ सय जनाले सेवा लिएको जनाइएको छ।

गौतम सेकेन्ड्री स्कूलद्वारा सञ्चालित सामाजिक संस्था गौतम समाज कल्याण संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...