20 August ,2026,Thursday

गरिमा चौधरीको सम्झनामा खेलाडीले गरे दीप प्रज्वलन

वीरगंज, ०४ भदाै । जितपुरसिमरा उपमहानगर पालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै पर्साका खेलाडी तथा प्रशिक्षकहरूले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।

पर्सा जिल्ला खेलकुद विकास समितिको परिसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरूले बालिका गरिमाको निधनले सम्पूर्ण समाजलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन्। उनीहरूले घटनाको दुःखद स्मरण गर्दै बालिकाको आत्माको चिरशान्तिको कामना गरेका छन् ।साथै, उनीहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बालबालिकाको सुरक्षा र यस्ता जघन्य अपराधविरुद्ध समाज एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

दीप प्रज्वलन कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार साह कानु, कार्यालय प्रमुख नाजिर अन्सारी तथा प्रशिक्षकहरू राजकुमार महतो, दिलीप पटेल, विकास गुप्ता लगायतको सहभागिता रहेको थियो।

 

 

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...