21 August ,2026,Friday

कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

अभिलाष गुप्ता
वीरगंज, ०५ भदौ । वीरगंजस्थित कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा किरण आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकको आँखाको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले आयोजित शिविरमा करिब ६०० विद्यार्थीसमेत लाभान्वित भएका छन्।

विद्यालय परिसरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको शिविरमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। त्यससँगै विद्यालयका शिक्षक–शिक्षिका तथा अभिभावकको समेत आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ।विद्यालयका डाइरेक्टर मार्टिन मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीको जीवनमा आँखाको महत्वपूर्ण भूमिका रहने भएकाले समयमै आँखाको स्वास्थ्य परीक्षण तथा उचित हेरचाहबारे सचेतना आवश्यक रहेको बताइएको थियो।

डाइरेक्टर मोक्तानले विद्यार्थीहरूको आँखाको विशेष ख्याल राख्ने उद्देश्यले हरेक वर्षझैं यस वर्ष पनि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको जानकारी दिए। उनले विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

शिविरमा किरण आँखा अस्पतालको जाँच टोलीमा सुजाता गिरी, पूजा सिंह, कविता पोखरेल, रुबी मिश्रलगायत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। जाँच टोलीले विद्यार्थी तथा उपस्थित अन्य व्यक्तिहरूको आँखाको अवस्था परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सल्लाह र सुझावसमेत प्रदान गरेको थियो।

कार्यक्रमको अन्त्यमा शिविरमा सहभागी किरण आँखा अस्पतालको सम्पूर्ण टोलीलाई विद्यालयको तर्फबाट धन्यवाद दिँदै खादा ओढाएर सम्मान गरिएको थियो। साथै अस्पताललाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...