22 August ,2026,Saturday

वीरगंजमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

अभिलाष कुमार गुप्ता
वीरगंज, ०६ भदौ । वीरगंजकाे ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थान युवा क्लबले यस वर्ष पनि आठौँ गणेश पूजा महोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। महोत्सवअन्तर्गत भक्तिमय भजनसन्ध्या, महाआरती तथा विभिन्न देवी–देवताका मनमोहक दिव्य झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।

माईस्थान मन्दिर परिसरमा आयोजित विशेष भेलाले महोत्सवलाई व्यवस्थित तथा भव्य रूपमा सम्पन्न गर्न सागर सर्राफको अध्यक्षतामा गणेश पूजा आयोजना समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

महोत्सवको तयारीबारे जानकारी दिँदै क्लबका पूर्वअध्यक्ष राहुल रौनियारले यस वर्षको गणेशोत्सवलाई थप आकर्षक, संगीतमय तथा ऐतिहासिक बनाउने तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार भक्तिमय संगीतसँगै विभिन्न देवी–देवताका कलात्मक दिव्य झाँकी प्रस्तुत गरिनेछ।

महोत्सवलाई आध्यात्मिक तथा शास्त्रीय विधिअनुसार सम्पन्न गराउन सुरुदेखि नै धार्मिक मार्गदर्शन तथा आचार्यको भूमिका निर्वाह गर्दै आउनुभएका चर्चित ‘ज्योतिष सम्राट’ डा. पुरुषोत्तम दुबेले यस वर्ष पनि मुख्य पण्डितको जिम्मेवारी सम्हाल्नुहुनेछ।

नवगठित समितिको उपाध्यक्षमा सुभम पटेल, कोषाध्यक्षमा लखन गुप्ता, सचिवमा सुभास गुप्ता, सह–सचिवमा सुमित दास तथा पत्रकार संयोजकमा अभिलाष कुमार गुप्ता चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा विवेक ठाकुर, अनिश पटेल, विशाल कानू, सिद्त गुप्ता, रमेश पटेल, विशाल पटेल, धनञ्जय यादव, रोहित पटेल, सुधर्सन साहू सोनार, अनुज शर्मा, सुमित पटेल, सन्दिप जयसवाल, प्रकाश झा र सुरज कुमार कानू रहनुभएको छ।

वीरगंजवासिलाई भक्ति, श्रद्धा र उमङ्गको वातावरणमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा महाआरती, संगीतमय भजनसन्ध्या तथा विशेष दिव्य झाँकी मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

महोत्सवमा सहभागी भई धार्मिक तथा सांस्कृतिक उत्सवको आनन्द लिन सम्पूर्ण भक्तजनलाई आयोजक समितिले हार्दिक आह्वान गरेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...