31 August ,2026,Monday

बाढी–पहिरो प्रभावितका लागि पतञ्जलि नेपालको २ करोड ११ लाखको राहत

अभिलाष गुप्ता

वीरगंज, १५ भदौ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढी–पहिरोका कारण जनधनको क्षति भइरहेका बेला पतञ्जलि नेपालले प्रभावित नागरिकका लागि राहत मानवीय सहायता अभियान सञ्चालन गरेको छ।

स्वामी रामदेव र आचार्य बालकृष्णको प्रेरणामा पतञ्जलि नेपालले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकका लागि २ करोड ११ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको जनाएको छ। अभियानअन्तर्गत प्रभावित तथा विस्थापित नागरिकलाई राहत सामग्री उपलब्ध गराउनुका साथै भोजनको व्यवस्था गरिएको संस्थाले जनाएको हो।

पतञ्जलि नेपालका अनुसार बाढी–पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी स्थानमा भण्डारा सञ्चालन गरी निःशुल्क भोजन वितरण सुरु गरिएको छ। विपत्तिका कारण दैनिक जीवन प्रभावित भएका नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको संस्थाको भनाइ छ।

संस्थाले आफ्नो मूल दर्शन ‘योग, आयुर्वेद र सेवा’ रहेको उल्लेख गर्दै प्राकृतिक विपत्तिको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु आफ्नो दायित्व भएको जनाएको छ। संकटमा परेका नागरिकलाई भोजन, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने उद्देश्यले अभियान अघि बढाइएको पतञ्जलिले बताएको छ।

योग तथा आयुर्वेदको प्रवर्द्धनसँगै सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्दै आएको पतञ्जलि नेपालको दाबी छ। प्राकृतिक विपत्ति तथा अन्य सामाजिक आवश्यकताका समयमा सहयोग गर्दै आएको संस्थाले यसपटक बाढी–पहिरो प्रभावित समुदायलाई लक्षित गर्दै राहत अभियान सञ्चालन गरेको हो।

‘नर सेवा नै नारायण सेवा हो’ भन्ने मान्यताबाट प्रेरित भएर मानवीय सेवामा सक्रिय रहेको पतञ्जलि नेपालले जनाएको छ। विपत्तिको समयमा पीडित नागरिकलाई भोजन, राहत र आवश्यक सहयोग उपलब्ध गराउनु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाको भनाइ छ। पतञ्जलि नेपालले प्रभावित नागरिकलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

पतञ्जलि नेपालको यो अभियानलाई संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको राहत प्रयासका रूपमा हेरिएको छ। विपत्तिको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउँदै संकटमा परेका समुदायको मनोबल बढाउने अभियानको उद्देश्य रहेको संस्थाले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...