28 September ,2026,Monday

चकाचौंधमा हराउँदै गएको समाज, टुट्दै गरेका परिवार र बिखरिँदै गरेका सम्बन्ध : बिमल सर्राफ

रक्सौल, पूर्वीचम्पारण १२ असाेज । आज समाज तीव्र गतिमा परिवर्तन भइरहेको छ। आधुनिकता, देखावटी जीवनशैली र चकाचौंधको दौडमा मानिस यति अगाडि बढिसकेको छ कि उसलाई आफ्ना सम्बन्ध, परिवार र सामाजिक जिम्मेवारीको समेत कम चिन्ता हुन थालेको छ। युवा पुस्ता वास्तविक जीवनबाट टाढिँदै भर्चुअल संसार र बाहिरी आकर्षणलाई नै जीवनको सफलता ठान्न थालेको छ।

कुनै समय परिवार प्रेम, विश्वास, त्याग र आपसी समझदारीको प्रतीक मानिन्थ्यो। घरका ज्येष्ठ नागरिकको सम्मान हुन्थ्यो र सानाठूला सबैले एकअर्काको सुखदुःखमा साथ दिन्थे। तर आज स्वार्थ, अहंकार र आफ्नै इच्छालाई सर्वोपरि ठान्ने सोचले पारिवारिक एकतालाई कमजोर बनाउँदै लगेको छ। एउटै छानामुनि बस्ने मानिसहरू पनि भावनात्मक रूपमा एकअर्काबाट टाढिँदै गएका छन्।उक्त विश्लेषण लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ई, जोन ४१ का जोन चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक सह मिडिया प्रभारी तथा सामाजिक कार्यकर्ता बिमल सर्राफले व्यक्त गर्नुभएको हो।

सबैभन्दा ठूलो चिन्ताको विषय के हो भने मानिस अरूभन्दा अगाडि बढ्ने होडमा आफ्नै मनभित्रका संवेदना गुमाउँदै गएको छ। सामाजिक सञ्जालको चमकदमक, महँगा साधन र देखावटी जीवनशैलीलाई प्रतिष्ठाको मापदण्ड मान्न थालिएको छ। जबकि वास्तविक खुसी प्रेम, सन्तोष र आत्मीयतामा लुकेको हुन्छ।अन्ततः हामी कुन दिशातर्फ अघि बढिरहेका छौँ? यदि परिवारमा संवाद समाप्त भयो, सम्बन्धमा विश्वास रहेन र समाजमा केवल स्वार्थ मात्र बाँकी रह्यो भने आउने पुस्तालाई संस्कार, सहयोग र आत्मीयताको शिक्षा कसले दिने?

आजको आवश्यकता आधुनिकतालाई अपनाउँदै आफ्नो संस्कृति, संस्कार र मानवीय मूल्यहरूलाई पनि जोगाउनु हो। युवाहरूले जीवनको वास्तविक सफलता धन, पद र प्रसिद्धिमा मात्र नभई असल चरित्र, बलियो सम्बन्ध र अरूप्रतिको संवेदन शीलतामा पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ।याद राखौँ, समाजको मजबुती भवनको उचाइले होइन, परिवारको एकता र मानिसहरूबीचको प्रेमले निर्धारण गर्छ। यदि आज हामीले सम्बन्ध जोगाउने र मानवीय मूल्यहरू अपनाउने प्रयास गरेनौँ भने भोलि हामीसँग सुविधा त हुनेछन्, तर ती सुविधाहरू बाँडेर खुसी मनाउने आफ्ना मानिसहरू नहुन पनि सक्छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...