6 October ,2026,Tuesday

ममता विद्या मन्दिर कलेजमा लगानी सचेतना कार्यक्रम सम्पन्न

वीरगंज, २० असाेज । ममता विद्या मन्दिर (MVM) कलेजमा विद्यार्थीहरूमा लगानी, वित्तीय साक्षरता तथा पूँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित लगानी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा ABC Securities का RWS Head श्री दिपाल खन्ना प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई लगानीका अवसर, पूँजी बजार, जोखिम व्यवस्थापन, लगानी गर्दा अपनाउनुपर्ने सावधानी तथा वित्तीय निर्णयसम्बन्धी महत्वपूर्ण जानकारी र व्यावहारिक ज्ञान प्रदान गर्नुभयो।कार्यक्रममा MVM कलेजका BBA तथा +2 Management का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।अन्तरक्रियात्मक प्रस्तुति मार्फत विद्यार्थीहरूले लगानीका आधारभूत पक्ष, बजारको अवस्था बुझ्ने तरिका तथा जिम्मेवार वित्तीय निर्णय लिन आवश्यक ज्ञान हासिल गरे।

कलेजको कक्षाकोठाभित्रको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक तथा उद्योगसँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा वित्तीय रूपमा सचेत र जिम्मेवार बन्न थप प्रेरणा दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...