8 October ,2026,Thursday

रक्सौलमा ‘सेवाका रङ, राष्ट्रका साथ’ कार्यक्रम, रंगोलीमार्फत राष्ट्रसेवा र वातावरण संरक्षणको सन्देश

रक्सौल, २१ असाेज । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सेवा कार्यको २५ वर्ष पूरा भएको अवसरमा सञ्चालन भइरहेको ‘सेवा संकल्प अभियान’ अन्तर्गत रक्सौलमा ‘सेवाका रङ, राष्ट्रका साथ’ कार्यक्रम आयोजना गरिएको छ।

मुख्य सडकस्थित अनुमण्डलीय अस्पताल परिसरमा बुधबार आयोजित कार्यक्रममा महिलाहरूले आकर्षक तथा सन्देशमूलक रंगोली निर्माण गर्दै राष्ट्रभक्ति, सामाजिक सद्भाव, सरसफाइ तथा वातावरण संरक्षणको सन्देश दिएका छन्।

कार्यक्रम संयोजक अनुराधा शर्माको नेतृत्वमा निर्माण गरिएको रंगोलीमा राष्ट्रसेवा, एकता, स्वच्छता, वातावरण संरक्षण तथा विकसित भारतको संकल्पलाई विभिन्न रङमार्फत प्रस्तुत गरिएको थियो। रंगोली कार्यक्रमस्थलमा उपस्थित सहभागी तथा सर्वसाधारणको आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रममा महिलाहरूले सेवा तथा राष्ट्रहितका गतिविधिमा निरन्तर सहभागी हुने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।कार्यक्रम संयोजक शर्माले रंगोली भारतीय संस्कृति र परम्पराको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै परम्परागत कलालाई राष्ट्रसेवाको सन्देशसँग जोडेर सामाजिक जागरूकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।

उनका अनुसार रंगोलीका माध्यमबाट राष्ट्रभक्ति, सामाजिक सद्भाव, सेवा, एकता, सरसफाइ तथा विकसित भारतको संकल्पलाई जनस्तरसम्म पुर्‍याउने प्रयास गरिएको हो। सेवा कुनै एक दिन वा विशेष अवसरमा मात्र सीमित नभई समाज र राष्ट्रप्रतिको निरन्तर जिम्मेवारी भएको उनले बताइन्।

त्यस्तै, कार्यक्रम सह–संयोजक मीरा कुशवाहाले सेवा भारतीय संस्कृतिको मूल भावना भएको बताउँदै समाजका अन्तिम व्यक्तिसम्म सहयोग र सेवा पुर्‍याउनु नै वास्तविक राष्ट्रसेवा भएको धारणा व्यक्त गरिन्। यस्ता रचनात्मक कार्यक्रमले सामाजिक चेतना अभिवृद्धिसँगै राष्ट्र निर्माणको भावनालाई समेत बलियो बनाउने उनले बताइन्।

कार्यक्रममा भाजपा जिल्ला अध्यक्ष अशोक कुमार पाण्डेयसहित अजय पटेल, पार्वती तिवारी, प्रेरणा तिवारी, संगीता मिश्रा, नीता कुमारी र आशा देवीलगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...