10 October ,2026,Saturday

पर्सामा विविध कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज, २३ असाेज । ‘One Postal Network; Infinite Possibilities’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नाराका साथ १५२ औँ विश्व हुलाक दिवस वीरगंजस्थित जिल्ला हुलाक कार्यालय पर्सामा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।

विश्व हुलाक दिवसको अवसरमा पर्सा हुलाक कार्यालयले सामाजिक सेवा, सरसफाइ, सेवाग्राही सम्मान तथा कर्मचारीबीच अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गरेको हो।कार्यक्रमअन्तर्गत नारायणी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल र पानी वितरण गरिएको थियो। त्यसैगरी, कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयमा सबैभन्दा पहिले सेवा लिन आउने सेवाग्राहीलाई सम्मान गरिएको थियो।

कर्मचारीहरूलाई टी–सर्ट वितरण गरिएको कार्यक्रममा हुलाक सेवाको महत्व, वर्तमान अवस्था र प्रभावकारिताबारे छलफल गरिएको थियो। सहभागीहरूले हुलाक सेवाप्रति नागरिकको विश्वास बढाउने तथा सेवाप्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।कार्यक्रमको अन्तयमा नजिकिँदै गरेका बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा कर्मचारीहरूले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए।

कार्यालय प्रमुख नमोनाथ प्रसाद यादवको नेतृत्वमा सम्पन्न कार्यक्रममा कार्यालयका कर्मचारीहरू सीमा न्यौपाने, यशवन्त ठाकुर,  अन्तिमा साह, सुरेश ठगुन्ना, अजय चौधरी, आमृत खडका, अरुण राज चौहान, चन्दन ठाकुर, सरद पुरी, पुबुक राउत, सोनालाल महतो, सुजाता दुलाल, सरस्वति चौलागाई, अमिषा वाइबा, राजेश चौहान, कृष्ण यादवलगायतकाे सहभागिता रहेको थियो।

विश्व हुलाक दिवसले हुलाक सेवाको महत्वलाई उजागर गर्नुका साथै नागरिकलाई सहज, सुलभ र प्रभावकारी सेवा उपलब्ध गराउनुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...