13 October ,2026,Tuesday

प्याब्सन पर्साद्वारा विजयादशमी,शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंंज, २६ असाेज । निजी विद्यालयबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले प्याब्सन वीरगञ्ज महानगर र प्याब्सन पर्साद्वारा संयुक्त रूपमा आयोजित विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनसँग आबद्ध विभिन्न विद्यालयका सञ्चालक, शिक्षक, शिक्षिका तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा एकअर्कालाई शुभकामना व्यक्त गर्दै आपसी भाइचारा, सद्भाव र एकताको सन्देश आदानप्रदान गरेका थिए।

कार्यक्रममा प्याब्सन वीरगञ्जका उपाध्यक्ष शर्मानन्द कुशवाहा, महिला वरिष्ठ उपाध्यक्ष सुशीला साह, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय,अशोक सङ्रौला,लाल बहादुर गुरुङ,अमित आलोक,बिजय बल लगायत प्याब्सनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।कार्यक्रमले निजी विद्यालयमा आबद्ध शैक्षिक व्यक्तित्वहरूबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै शैक्षिक क्षेत्रका साझा विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्। यस्ता कार्यक्रमले विद्यालय सञ्चालक, शिक्षक तथा शैक्षिक संस्थाबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

नेपाली समाजमा विशेष महत्त्व राख्ने विजयादशमी, दीपावली तथा छठ पर्वले आपसी प्रेम, सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देश दिने भएकाले पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी प्याब्सनका पदाधिकारी, विद्यालयका शिक्षक तथा शिक्षिकाहरूले चाडपर्वले समाजमा सकारात्मक सोच, आपसी सहयोग र सद्भाव बढाउन प्रेरणा दिने धारणा व्यक्त गरेका थिए।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...