31 October ,2026,Saturday

मधेश प्रदेशबाट पहिलो पटक मुनलाइट स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन लखनऊ प्रस्थान

वीरगंज, १४ कार्तिक । मधेश प्रदेशबाट पहिलोपटक मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन भारतको लखनऊ प्रस्थान गरेको छ। भारतको लखनऊस्थित सिटी मोन्टेसरी स्कुल (सीएमएस) द्वारा आयोजना हुन लागेको ‘कन्कोर्ड २०२६’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन स्कुलका विद्यार्थी, प्रशिक्षकसहितको टोली शनिबार भारत प्रस्थान गरेको हो।

उक्त अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल, भुटान, श्रीलंका, ओमानलगायत विभिन्न देशका साथै भारतका विभिन्न सहरहरू दार्जिलिङ, सिक्किमलगायतका विद्यालयका १८ वर्षमुनिका (अन्डर–१८) विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउने मुन लाइट इङ्ग्लिस बोर्डिङ स्कुलका निर्देशक सुलभ केसीले जानकारी दिए।

निर्देशक केसीका अनुसार लखनऊस्थित सिटी मोन्टेसरी स्कुलले आयोजना गर्न लागेको यो प्रतियोगिता पाँचौँ संस्करण हो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा मधेश प्रदेशबाट मुन लाइट स्कुलको टोलीले सहभागिता जनाउन पाउनु विद्यालयका लागि गौरवको विषय भएको उनले बताए।

मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल पढाइसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुद क्षेत्रमा पनि सक्रिय रहँदै आएको विद्यालय हो। विद्यालयले शैक्षिक गतिविधिका साथै विद्यार्थीको खेलकुद प्रतिभा विकासलाई समेत प्राथमिकता दिँदै आएको छ। यस विद्यालयका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका चेस, फुटबल तथा कराते प्रतियोगितामा सहभागिता जनाउँदै विभिन्न उपलब्धि हासिल गरिसकेको विद्यालयले जनाएको छ।

विद्यार्थीहरूको सर्वाङ्गीण विकास र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले विद्यालयले खेलकुद गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। कन्कोर्ड २०२६ मा सहभागिताले विद्यार्थीहरूलाई विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्ने, अनुभव आदानप्रदान गर्ने तथा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

भारत प्रस्थान गर्नुअघि विद्यालयका संस्थापक श्याम केसीले विद्यार्थी खेलाडी तथा प्रशिक्षकहरूलाई एक–एक थान ट्र्याकसुट प्रदान गर्दै खादा र टीका लगाएर बिदाइ गरेका थिए। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय, वीरगञ्ज तथा मधेश प्रदेशसँगै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।

मधेश प्रदेशबाट पहिलोपटक यस प्रकारको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्दै २२ सदस्यीय टोली सहभागी हुन लागेकोले विद्यालय परिवार तथा अभिभावकहरूमा उत्साह थपिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...