29 November ,2026,Sunday

दशौं राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशको २४ सदस्यीय तेक्वान्दो टोली सुर्खेत प्रस्थान

वीरगंंज, १३ मंसिर । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन मधेस प्रदेशको तेक्वान्दो टोली आइतबार सुर्खेत प्रस्थान गरेको छ। मधेस प्रदेश तेक्वान्दो संघले २४ जना खेलाडीसहितको टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो।

गत मंसिर ५ गते निजगढमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट ग्योरुगीतर्फ १६ जना र पुम्सेतर्फ ८ जना गरी कुल २४ खेलाडी छनोट भएका थिए।

प्रतियोगिताको ग्योरुगी पुरुषतर्फ ५४ केजी तौल समूहमा पर्साका आसिफ हुसेन अंसारी, ५८ केजीमा धनुषाका समिरकुमार पटेल, ६३ केजीमा बाराका सचिन लामा र ६८ केजीमा पर्साका मो. सोयब अख्तरले मधेस प्रदेशको प्रतिनिधित्व गर्नेछन्।त्यसैगरी, ७४ केजीमा पर्साका विक्रान्त डंगोल, ८० केजीमा पर्साका इमरान शेख, ८७ केजीमा पर्साका रहनकुमार पटेल र ८७ केजीभन्दा माथिको तौल समूहमा सिरहाका आदर्श तिमल्सिनाले प्रतिस्पर्धा गर्नेछन्।

महिला ग्योरुगीतर्फ ४६ केजीमा सिरहाकी सलिना यादव, ४९ केजीमा रौतहटकी रेजिना खड्का, ५३ केजीमा सर्लाहीकी खुशी घलान, ५७ केजीमा धनुषाकी खुशी ठाकुर, ६२ केजीमा पर्साकी नाजिया हसन सिद्धिगी, ६७ केजीमा बाराकी नबिया भुजेल, ७३ केजीमा सिरहाकी आरती सिंह र ७३ केजीभन्दा माथिको तौल समूहमा सर्लाहीकी सलिना थापा छनोट भएका छन्।

यसैगरी, पुम्से विधाको पुरुषतर्फ बाराका निश्चल धामी र अस्विन लामा, सिरहाका अमृत स्याङ्बो तामाङ तथा रौतहटका सुरेश रुम्बा सहभागी हुनेछन्। महिलातर्फ धनुषाकी एलेजा रोकाया, बाराकी छुछेन्वो दिम्डुङ्ग, सर्लाहीकी सोहानी रौनियार र सिरहाकी सोहना दनुवारले मधेस प्रदेशको प्रतिनिधित्व गर्नेछन्।टोलीको प्रशिक्षकमा ग्योरुगीतर्फ महमद वेश र पुम्सेतर्फ विजय शाह ठकुरी रहेका छन् भने व्यवस्थापकको जिम्मेवारी प्रमिन्द्र बछाडले सम्हाल्नेछन्।

सुर्खेत प्रस्थान गर्नुअघि मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले खेलाडी तथा प्रशिक्षक टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका थिए।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मधेस प्रदेशको गौरव बढाउने अपेक्षा संघले गरेको छ।

 

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...