9 August ,2026,Sunday

वीरगंज यातायात कार्यालयमा मन्त्री सिंहको आकस्मिक अनुगमन

वीरगंज । मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयको आकस्मिक अनुगमन गरेका छन् ।

शुक्रवार दिउँसो यातायात व्यवस्था कार्यालयमा पुगेर मन्त्री सिंहले आकस्मिक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा कार्यालयका कर्मचारीसंग मन्त्री सिंहले सेवा प्रवाह बारे जानकारी लिए । त्यसक्रममा मन्त्री सिंहले सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएपनि सेवाग्राहीले सास्ती भोग्दै आएको व्यापक गुनासो आईरहेकाले यसतर्फ ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।

अनुगमनमै रहेका बेला मन्त्री सिंहसँग सेवाग्राहीहरुले यातायात कार्यालयको बेथिति र सास्ती बारे गुनासो गरेका थिए ।

अनुगमनका क्रममा मन्त्री सिंहसंगै जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंह,जिल्ला संयोजक ओमप्रकाश सर्राफ,महानगर युवा अध्यक्ष संजय सिंह लगायतको पनि सहभागीता थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...