सही खबर, सही समयमा

मलङ्गवामा हिन्दू समुदाय माथि गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाहीको माग गर्दै वीरगंजमा प्रदर्शन

ई-दैनिक जागरण
२०८० आश्विन ६, शनिबार २०:२१

वीरगंज । सदरमुकाम मलङ्गवामा हिन्दू समुदाय द्वारा गणेश पूजाको मूर्ति सेलाउन लैजाने क्रममा मुस्लिम समुदाय द्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाहीको माग गर्दै पर्साको वीरगंजमा मोटरसाइल र्‍याली निकालिएको छ ।

मूर्ति सेलाउने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएपछि दोषीलाई कारबाहीको माग गर्दै आज शनिबार वीरगन्ज महानगरपालिकाका सम्पूर्ण पसल बन्द गराई हिन्दू संगठनले बृहत् मोटरसाइकल र्‍यालीको निकालेका छन् ।

वीरगंजको चौक चौकमा टायर बालेर प्रदर्शन गर्दै हिन्दुवादीहरुले मुख्यमंत्री राजीनामा दे,हिन्दू राष्ट्र कायम गर,मलंगवामा मुस्लिम समुदायद्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाही गर भन्दै विभिन्न किसिमका नारा सहित र्याली निकालेर प्रदर्शन गरेका छन् ।

मलङ्गवामा भए जस्तो अरू थुप्रै दिनप्रति दिन हाम्रो हिन्दू समुदाय माथि भइरहेको प्रहारको लागि सरकारले छिट्टै कदम उठाउनु पर्यो भन्दै उनीहरूले नाराबाजी समेत गरिरहेका छन् । हिन्दू समुदाय माथि गरिएको घटनाको विरोध गर्दै बजार बन्द गराउन हिँडेका हिन्दू संगठन र प्रहरी बिच केही समय तनाव पनि भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?