21 September ,2026,Monday

जुत्ताभित्र आधा किलो सुन तस्करी गर्ने दुईजना पक्राउ

काठमाडौं २९ मंसिर । आधा किलो सुनसहित प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्।
चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनको ब्रास्लेट ९ थानसहित करिब ४० ग्राम सुनसहित भारतका सिङ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङले झोलाभित्र लुकाएर सुन ल्याइरहेका थिए।
दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...