सही खबर, सही समयमा

जसपा जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्व भएको विस्तारित बैठक सम्पन्न

ई-दैनिक जागरण
२०८० पुष २५, बुधबार २१:२४

वीरगंज,२५ पुस । जनता समाजवादी पार्टी नेपाल ९जसपा० पर्साको विस्तारित बैठक सम्पन्न भएको छ । जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्व तथा राजनितिक समिति सल्लाहकार सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकमा पर्साका १४ वटै पालिकाका पार्टि तथा भातृ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफना भनाइ राख्दै अध्यक्ष यादवले आउदो माघ ५ गते वीरगञ्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अथित्यमा बलिदानी दिवसलाई भव्य र सभ्य बनाउन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरु लाई आउन आग्रह समेत गरे।

रमगढवा धर्मशालाको सभाहलमा सम्पन्न बैठकको कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य फिरोज मन्सुर, रेखा शाह, खलिल मिया, अथितिमा मधेश प्रदेशका उपाअध्यक्ष वृजमोहन तिवारी, मधेश प्रदेशका सदस्य कमाल अरसद, जिल्ला सचिव तबरेज अहमद, नगर अध्यक्ष निरंजन पटेल, ट्रेडयुनियन अध्यक्ष महाराज यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?