सही खबर, सही समयमा

शहीद दिवसको अवसरमा नेपाली कांग्रेस पर्साद्धारा शहीदहरूको शालिकमा माल्यार्पण

ई-दैनिक जागरण
२०८० माघ १७, बुधबार ००:०९

वीरगंज, १६ माघ । शहीद दिवसको अवसरमा नेपाली कांग्रेस पर्साद्धारा शहीदहरूको शालिकमा माल्यार्पण कार्यक्रम गरेर शहीद दिवस मनाएको हो ।

मंगलवार वीरगंजको गण्डक चोकमा रहेको शहीद तेजबहादुर अमात्य र नारायणी अस्पतालमा रहेको शहीद थीरबम मल्लको शालिकमा आज कांग्रेसले माल्यार्पण कार्यक्रम गरी शहीद दिवस मनाएको छ।

त्यस अवसरमा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शहीदहरूकै बलिदानी र त्यागले देशमा प्रजातान्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्त भएको बताए ।उनले प्रजातान्त्र र लोकतन्त्र रहे मात्र नागरिकले स्वतन्त्रता पुर्वक बाँच्न पाउने भएकाले लोकतन्त्रलाई बचाउनु हरेक नागरिकको दायित्व भएको बताए ।अहिलेपनि लोकतन्त्र माथि प्रहारको प्रयास भईरहेकाले यसतर्फ सबै जना सजग हुनुपर्ने उनले बताए ।

नेपाली कांग्रेस पर्साका क्षेत्र न.१ का कार्यवाहक क्षेत्रीय सभापति अनिल प्रसाद सिंहको अध्यक्षता तथा मन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व सांसद अनिल रूंगटा, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, बीरगंज माहानगरपालिकाका उपमेयर तथा पार्टी सचिव इम्तियाज आलम,नेपाली कांग्रेस पर्साका क्षेत्र न.२ का सभापति सहाबुदिन मिया, क्षेत्र न. १ का क्षेत्रीय सचिव हरि यादव, नगर सचिव श्याम पटेल, नगर सभापति मणिन्द्र लाल नेपाली, शिक्षक संघ पर्सा सभापति प्रदिप जयसवाल, ब्यूटिसीयन पर्सा अध्यक्ष मदिरा राउत, ठाकुर राम ने.वि.संघ सभापति रमेश यादव ट्रेड यूनियन सभापति छोटेलाल साह, सचिव तिर्थराज यादव, नेपाली कांग्रेसका नेता राजकृष्ण आमात्य, श्याम पोखरेल, गजेन्दर पटेल लगायत सम्पूर्ण अधिवेशन प्रतिनिधी, तरुणदल, महिला संघ, नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?