जगरनाथपुरमा युवाहरुलाई स्वरोजगार बनाउन सीपमुलक तालिम सञ्चालन
वीरगंज, १६ फागुन । पर्साको जगरनाथपुर गाउँपालिका वडा नंबर ६ औंराहामा युवाहरुलाई लक्षित गरेर एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन सीप विकास तालिम सुरु भएको छ ।
जगरनाथपुर गाउँपालिका कार्यालयको समन्वयमा लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले सञ्चालन गरेको तालिमको बुधबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरे।
तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले सिप सिकेर आफ्नै गाउँठाँउमा रोजगार गर्न यो तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
२० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् ।
तालिमको उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




