सही खबर, सही समयमा

नेशनल प्याबसन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२को चौथो दिनको खेल सम्पन्न: माउन्ट हर्मन र ज्ञानोदयको शानदार जित

ई-दैनिक जागरण
२०८२ फाल्गुन ७, बिहीबार २१:१८

अभिलाष गुप्ता

वीरगंज, ०७ फागुन ।  नेशनल प्याबसन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू आदर्शनगर खेल मैदानमा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक दुई खेलमा माउन्ट हर्मन मा.वि. र ज्ञानोदय मा.वि. विजयी बनेका छन्।

माउन्ट हर्मनको १० विकेटको सहज जित
विद्या सदन मा.वि. विरुद्ध माउन्ट हर्मन मा.वि.बीच भएको खेलमा माउन्ट हर्मनले टस जितेर पहिले बलिङ रोजेको थियो।पहिलो इनिङ्समा विद्या सदन मा.वि. ८.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा समेटियो। माउन्ट हर्मनका बलरहरूले कसेको लाइन–लम्बाइमा बलिङ गर्दै विपक्षी ब्याटिङ लाइनलाई धराशायी पारे।जवाफी ब्याटिङमा माउन्ट हर्मन मा.वि.ले ४.४ ओभरमै बिना कुनै विकेटको क्षतिमा २८ रन बनाउँदै १० विकेटले शानदार जित दर्ता गर्‍यो।
म्यान अफ द म्याच: सनोज यादव ४ ओभरमा ११ रन खर्चेर ५ विकेट
२० बलमा १५ रन यादवको उत्कृष्ट अलराउण्ड प्रदर्शनले टिमको जित सुनिश्चित गरेको थियो।

ज्ञानोदयको विशाल १९६ रनको जित
दोस्रो खेलमा शान्ति निकेतन मा.वि.ले टस जितेर बलिङ रोजेको थियो।
पहिलो इनिङ्समा ज्ञानोदय मा.वि. ले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा विशाल २२९ रन बनायो। ज्ञानोदयका ब्याट्सम्यानहरूले आक्रामक प्रदर्शन गर्दै रनको वर्षा गरे।जवाफमा शान्ति निकेतन मा.वि. ७.३ ओभरमै १० विकेट गुमाउँदै ३३ रनमा सीमित भयो। यससँगै ज्ञानोदय मा.वि. १९६ रनको फराकिलो अन्तरले विजयी भयो।

म्यान अफ द म्याच: सर्जिल अली अन्सारी २ ओभरमा १० रन खर्चेर ३ विकेट ६० बलमा शानदार १०० रन (शतक) अन्सारीको विस्फोटक शतक र प्रभावकारी बलिङ चौथो दिनको आकर्षण बनेको थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?