सही खबर, सही समयमा

वीरगंज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

ई-दैनिक जागरण
२०८२ चैत्र १६, सोमबार १०:३३

वीरगंज,१६ चैत्र । वीरगंजमा‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगंज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको ट्रफी प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरि पन्तले आईतबार वीरगंजकाे माईस्थान स्थित गहवामाई मन्दिर अगाडि सार्वजनिक गरेका हुन् ।

 सुमित कादमियाको संयोजकत्वमा सञ्चालनहुने प्रतियोगिताको ट्रफी एक कार्यक्रमका बिच सांसद पन्तद्वारा सार्वजनिक गराईएको हो । स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिताले वीरगंजकाे खेलकुद क्षेत्रमा थप उत्साह थप्ने  सम्योजक सुमित कादमियाले  बताए । 
वीरगंज प्रीमियर लिगमा सहभागी हुने टिमका कप्तानहरुको उपस्तिथिमा आयोजना गरिएको उक्त कार्यक्रममा सुमित चौरसिया, निरज गुप्ता लगायत का  युबाहरुको उल्लेख्य उपस्थिति थियो ।   ट्रफी सार्वजनिक कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?