19 August ,2026,Wednesday

वडा नं. ४ मा विद्युत सेवा सुधारका लागि शैलेश साह कानुको पहल

पोखरिया,  ०२ भदाै । पोखरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पदका प्रत्यासी शैलेश साह कानु र नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख रामजी प्रसाद कलवारबीच वडा नं. ४ मा विद्युत सेवा नियमित, भरपर्दो तथा झन्झटरहित बनाउने विषयमा विशेष छलफल भएको छ।

छलफलमा पोखरिया बजार, पोखरिया गाउँ तथा सतवरिया गाउँमा विद्युत आपूर्ति नियमित गर्ने, लाइनमा देखिएका समस्या समाधान गर्ने, न्यून भोल्टेजको समस्या हटाउने, नयाँ विद्युत मिटर जडानलाई सहज बनाउने तथा सेवाग्राहीले भोग्दै आएका विभिन्न समस्याका विषयमा विस्तृत छलफल गरिएको थियो।

प्रत्यासी कानुले वडा नं. ४ का नागरिकले विद्युत सेवा लिन अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्दै नियमित र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन आवश्यक पहल गर्न विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका थिए।

छलफलका क्रममा विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख रामजी प्रसाद कलवारले स्थानीयस्तरमा देखिएका विद्युतसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

विशेषगरी नयाँ विद्युत मिटर जडान, पुराना तथा कमजोर विद्युत लाइनको सुधार, विद्युत आपूर्ति नियमित गर्ने तथा बजार र ग्रामीण क्षेत्रमा बढ्दो विद्युत मागअनुसार आवश्यक पूर्वाधारलाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

छलफलपछि वडा अध्यक्ष पदका प्रत्यासी शैलेश साह कानुले भेटवार्ता सकारात्मक र परिणाममुखी रहेको बताए। उनले विद्युत सेवा नागरिकको दैनिक जीवन, व्यवसाय तथा आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको विषय भएकाले वडा नं. ४ मा विद्युत सेवा सुधारका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे।

“आजको छलफल सकारात्मक र उत्साहजनक रह्यो। पोखरिया बजार, पोखरिया गाउँ र सतवरियाका नागरिकले नियमित र भरपर्दो विद्युत सेवा पाउनुपर्छ। विद्युत मिटरदेखि लाइन सुधारसम्मका समस्या समाधानका लागि निरन्तर पहल गर्नेछु,” कानुले भने।

छलफलपछि स्थानीयवासीले विद्युत आपूर्तिमा सुधार, नियमित सेवा तथा मिटर जडानसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरेका छन्। उठाइएका विषयलाई कार्यान्वयनमा लैजान आगामी दिनमा समेत सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने बताइएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...