अभिलाष गुप्ता
वीरगंज, ०३ भदौ । नेपाल लायन्सको ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ वीरगंज गेटवेले सप्ताहव्यापी स्वास्थ्य सेवाको निरन्तरता दिदै बिरगंज १० घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बिरगंज १४ मा पिपरास्थित स्पर्श अस्पताल को प्राबिधिक संचालन , लायन्स डा. महेश्वर प्रसाद कुर्मी को सहयोग तथा कार्यक्रम संयोजक विरेन्द्र कुमार आर्य को व्यवस्थापन मा संचालित उक्त कार्यक्रममा ११५ जनाको परिक्षण गरिएको हो ।
लायन्स क्लब अफ वीरगंज गेटवेका अध्यक्ष समाजसेवी लायन्स प्रकाश कुमार उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा लायन्स क्लब का डिस्ट्रिक गभर्नर लायन्स राम बिहारी पाण्डे, सचिव लायन्स कपिलदेव तिवारी लगायत लायन्स वकिल प्रसाद रौनियार, लायन्स फैयाज आलम, लायन्स ई. श्यामबाबु प्रसाद, लायन्स विकास जैसवाल समेत स्थानिय समाजसेवीहरू को सहभागिता रहेको थियो।
यस सप्ताहब्यापी कार्यक्रम अनुसार ५ गते बिहान छपकैया ईदगाहचौक मा स्वास्थ्य कार्यक्रम गरिने छ भने गत सोमबार वीरगंज चिमिल परिसरमा स्थित पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको अध्यक्ष उपाध्यायले बताए ।

