अभिलाष गुप्ता
वीरगंज, ०५ भदौ । वीरगंज लेडीज सर्कल–३ ले भारतको रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग सामग्री प्रदान गरेको छ।
गैरनाफामूलक महिला संस्था वीरगंज लेडीज सर्कल–३ को पहलमा आयोजित सहयोग कार्यक्रममा संस्थाले त्यहाँ आश्रित महिलाहरूको दैनिक जीवनमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको हो।
संस्थाकी अध्यक्ष सर्कल निधि जाटियाको नेतृत्वमा भएको कार्यक्रममा परियोजना संयोजक सर्कल सोनम क्याल र सर्कल स्वाती धनौतियाको विशेष भूमिका रहेको थियो। संस्थाकी मानार्थ सदस्य सर्कल
ए. विप्रा क्यालको समेत सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत मेहर ममता निवासमा रहेका महिलाहरूका लागि ६० थान नाइटी, ५० किलो चामल र १५ किलो दाल सहयोग गरिएको थियो।
महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने, उनीहरूको आधारभूत आवश्यकतामा सहयोग पुर्याउने तथा समाजमा रहेका विशेष आवश्यकता भएका व्यक्तिप्रति मानवीय भावना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग गरिएको वीरगंज लेडीज सर्कल–३ संस्थाकी अध्यक्ष सर्कल निधि जाटियाले जनाकारी दिइन।
संस्थाले आगामी दिनमा पनि समाजका विपन्न, असहाय तथा विशेष आवश्यकता भएका महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाए ।

