अभिलाष गुप्ता
वीरगंज, ०७ भदौ । जनमत पार्टी, पर्साको जिल्ला समन्वय समितिको बैठक माइस्थान अतिथि सदन, वीरगन्जमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै वडामा संगठन विस्तार तथा अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
बैठकले पर्सा जिल्लाका सबै वडाको अधिवेशन सम्पन्न गर्ने उद्देश्यले प्रत्येक वडामा पर्यवेक्षक खटाउने निर्णय गरेको छ। पर्यवेक्षकहरूले सम्बन्धित वडामा संगठनात्मक गतिविधि, अधिवेशनको तयारी तथा आवश्यक समन्वय गर्ने जनाइएको छ।
बैठकमा पार्टीको संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउँदै आगामी दिनमा जनताको समस्या र स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा समेत छलफल भएको थियो।
बैठकले निर्धारित कार्ययोजनाअनुसार वडा अधिवेशनहरू सम्पन्न गरी पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकमा पार्टीको राजनीतिक समितिको सदस्य सिपु तिवारी, केन्द्रिय सदस्यहरु अधिवक्ता हरिहर प्रसाद साह, श्याम शंकर चौरसिया, राजेश चौरसिया,सुजित चौरसिया,बबिता पिडासैनि, प्रदेश सदस्यहरु मोहम्मद अब्दुल हवारी,राजनरायण मिश्र, जिल्ला पदाधिकारीहरु नागेन्द्र गुप्ता,फुलेना कुशवाहा, राजुराज गिरि,सत्युग साह, जमिला खातुन, युवाका जिल्ला अध्यक्ष मनोज साह,महिला अध्यक्ष अन्जना गुप्ता, पालिका अध्यक्षहरु लगायत जिम्मेवार नेता,कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

