24 August ,2026,Monday

वीरगंजमा २८ औँ विशाल सावन झूला महोत्सव सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, ०७ भदौ । श्री श्याम नवयुवक मण्डल, वीरगञ्जको आयोजनामा २८ औँ विशाल सावन झूला महोत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

श्रावण मासको एकादशीको पावन अवसरमा वीरगञ्ज महानगरपालिका–स्थित आदर्शनगरमा रहेको श्री श्याम मन्दिरको प्राङ्गणमा आयोजित महोत्सवमा ठूलो संख्यामा श्यामप्रेमी तथा भक्तजनहरूको सहभागिता रहेको थियो।

महोत्सवमा बाबा श्यामका दिव्य भजन तथा भक्तिमय प्रस्तुतिबाट भक्तजनहरूले आध्यात्मिक आनन्द लिएका थिए। भक्तजनहरू भजन–कीर्तनमा सहभागी हुँदै प्रभुको भक्तिमा लीन भएका थिए।

महोत्सवको मुख्य आकर्षणका रूपमा अलौकिक तथा भव्य झूला शृङ्गार, अखण्ड ज्योति र छप्पन भोगको विशेष व्यवस्था गरिएको थियो। भक्तजनहरूले बाबा श्यामको दर्शन तथा पूजा–आराधना गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।

श्री श्याम नवयुवक मण्डल, वीरगंजले हरेक वर्ष आयोजना गर्दै आएको सावन झूला महोत्सवले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै भक्तजनहरूबीच आपसी सद्भाव र धार्मिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...