3 October ,2026,Saturday

विरगंज स्कुल्स कप २०८३ को क्याप्टेन मिट सफलतापूर्वक सम्पन्न

विरगंज, १७ भदाै  । विद्यालयस्तरमा क्रिकेटको विकास, विद्यार्थी प्रतिभाको पहिचान तथा भविष्यका खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको बिरगन्ज स्कुल्स कप २०८३ अन्तर्गतको क्याप्टेन मिट कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा प्रतियोगितामा सहभागी १६ वटा विद्यालयका प्रिन्सिपल, कोच तथा टिम क्याप्टेनहरूका साथै पर्सा जिल्ला क्रिकेट संघका आधिकारिक अम्पायरहरूको सहभागिता रहेको थियो।

आयोजकको तर्फबाट श्री लालबहादुर गुरुङले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको उद्देश्य, महत्त्व, सञ्चालन प्रक्रिया तथा मितिबारे विस्तृत जानकारी गराउनुभएको थियो। त्यसैगरी, अम्पायरहरूको तर्फबाट श्री सतीश सिंह राजपूत, फिरोज अन्सारी र फारुक अन्सारीले प्रतियोगिताको लिग कम नकआउट फर्म्याट, खेलका नियम तथा विनियम, सम्भावित समस्या र तिनको समाधानबारे जानकारी गराउनुभएको थियो। सहभागी क्याप्टेन तथा कोचका जिज्ञासाहरूको समेत सम्बोधन गरिएको थियो।

पर्सा जिल्ला क्रिकेट संघका आधिकारिक अम्पायरहरूमा सतीश सिंह राजपूत, निरज झा, फिरोज अन्सारी, मैनुद्दिन अन्सारी, अमन आलम र फारुक अन्सारी सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र आयान अन्सारीले ले गर्नुभएको थियो भने सम्पूर्ण व्यवस्थापनमा विद्यालयका विद्यार्थीहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। अन्त्यमा आयोजक विद्यालय न्यू वेभ मा. वि. का प्र. अ. श्री सुभास प्रधान सरले सहभागी सम्पूर्ण विद्यालयका प्रतिनिधि, अम्पायर, कोच, क्याप्टेन तथा विद्यार्थीहरूलाई धन्यवाद दिँदै धन्यवाद ज्ञापन गर्नुभएको थियो।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य

आगामी कार्तिक ९ गतेदेखि नारायणी क्रिकेट ग्राउन्ड (टि. बि. शाह क्रिकेट ग्राउन्ड) मा सञ्चालन हुने यस प्रतियोगिताले क्रिकेटमा रुचि राख्ने तथा निरन्तर अभ्यास गरिरहेका विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उचित प्लेटफर्म प्रदान गर्नेछ।

यसको दीर्घकालीन उद्देश्य वीरगन्ज तथा पर्सा क्षेत्रका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई आवश्यक अवसर र प्रोत्साहन प्रदान गर्नु तथा भविष्यमा राष्ट्रिय टोलीमा स्थान बनाउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादन गर्नु हो। साथै, यसले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व, टिमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने अपेक्षा गरिएको छ।

सम्पूर्ण सहभागी विद्यालय, पर्सा जिल्ला क्रिकेट संघका अम्पायरहरू तथा व्यवस्थापनमा संलग्न विद्यार्थीहरूको सहयोगले क्याप्टेन मिट सफलतापूर्वक सम्पन्न भएको छ। आयोजकले प्रतियोगितालाई निष्पक्ष, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...