5 November ,2026,Thursday

समाजसेवी प्रकाश उपाध्यायद्वारा मानव सेवा आश्रममा आश्रित ५० जनालाई रात्री भोजन

वीरगंज, १९ कार्तिक । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा समाजसेवी प्रकाश उपाध्यायले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई रात्री भोजन गराएका छन्।

वीरगंज महानगरपालिका–२५ स्थित मानव सेवा आश्रममा बिहीबार आयोजित कार्यक्रममा समाजसेवी उपाध्यायले आश्रममा आश्रित करिब ५० जनालाई शुद्ध शाकाहारी भोजनको व्यवस्था गरेका हुन्। कार्यक्रममा सारदुल भट्टराई, सुवास भट्टराईलगायतको उपस्थिति रहेको थियो।

चाडपर्वको समयमा समाजका अधिकांश मानिसहरू मिठा परिकार तथा विभिन्न परिकार खाएर हर्षोल्लासका साथ पर्व मनाइरहँदा मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूले पनि खुसीका साथ चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको समाजसेवी उपाध्यायले जानकारी दिए।उनले चाडपर्व केवल आफ्नो परिवार र आफन्तसँग खुसी साटासाट गर्ने अवसर मात्र नभई असहाय, बेसहारा तथा विपन्न व्यक्तिहरूको दुःख र पीडामा साथ दिने अवसर पनि भएको बताए।

समाजमा रहेका असहाय तथा सहाराविहीन व्यक्तिहरूलाई माया, सम्मान र सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यायले यस्ता मानवीय सेवाका कार्यले सामाजिक सद्भाव, सहयोग र भाइचाराको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

चाडपर्वको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यले उनीहरूमा आत्मीयता र खुसीको अनुभूति गराउनुका साथै समाजमा मानव सेवा र परोपकारको सकारात्मक सन्देशसमेत प्रवाह गरेको छ।

मानव सेवा नै सबैभन्दा ठूलो धर्म भन्ने भावनालाई आत्मसात् गर्दै चाडपर्वको खुसी असहाय तथा बेसहारा व्यक्तिहरूसँग बाँड्ने उद्देश्यले गरिएको यस कार्यको सहभागीहरूले प्रशंसा गरेका थिए।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...