6 November ,2026,Friday

अक्षरारम्भ कप २०८३ : जीवनज्योति, माउन्ट मकालु र मनकामना मावि विजयी, क्वाटरफाइनलको समीकरण पूरा

वीरगंज, २० असाेज । अक्षरारम्भ कप २०८३ अन्तर्गत प्रतियोगिताको छैटौँ दिन आज सम्पन्न तीनवटै खेलमा जीवनज्योति, माउन्ट मकालु र मनकामना माध्यमिक विद्यालयले जित हासिल गरेका छन्। आजका खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल चरणको समीकरणसमेत पूरा भएको छ।

आज सम्पन्न दिनको चौथो खेल अर्थात् खेल सङ्ख्या १४ मा जीवनज्योति र लिटिल एन्जल्सबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जीवनज्योतिले लिटिल एन्जल्सलाई १० विकेटले पराजित गर्दै शानदार जित दर्ता गर्‍यो। जीवनज्योतिका ऋषव मिश्रले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिन सफल भए। उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो।त्यसैगरी, खेल सङ्ख्या १५ मा न्यू वेभ र माउन्ट मकालुबीच भएको प्रतिस्पर्धामा माउन्ट मकालुले पाँच विकेटको जित हासिल गर्‍यो। माउन्ट मकालुका सुमित तुहाराले चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो।

आजको अन्तिम खेलमा मनकामना माध्यमिक विद्यालय र सूर्योदय सेकेन्डरी स्कूलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा मनकामना माध्यमिक विद्यालयले ४८ रनको फराकिलो अन्तरले जित हासिल गर्‍यो। मनकामना माविका मोहम्मद रयान आलमले ब्याटिङतर्फ ५१ रन बनाउनुका साथै बलिङतर्फ एक विकेटसमेत लिए। उनको उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो।क्वाटरफाइनलको समीकरण पूरा

प्रतियोगिताको समूह चरणअन्तर्गत समूह ‘सी’ बाट ज्ञानोदय स्कूल समूह विजेता तथा ओम नेशनल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। त्यसैगरी, समूह ‘डी’ बाट मनकामना सेकेन्डरी स्कूल समूह विजेता र सूर्योदय सेकेन्डरी स्कूल समूह उपविजेता बन्दै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन्। यससँगै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने आठवटै विद्यालयको टुङ्गो लागेको छ।

क्वाटरफाइनल तथा आगामी खेल तालिका

प्रतियोगिताअन्तर्गत भोलि पहिलो र दोस्रो क्वाटरफाइनल खेल सञ्चालन हुनेछन्। पहिलो क्वाटरफाइनलमा विद्या सदन र सनलाइटबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो क्वाटरफाइनलमा G H P र पीस जोन आमनेसामने हुनेछन्।

दीपावलीपछिका बाँकी क्वाटरफाइनल खेलहरू कात्तिक २६ गते सञ्चालन हुनेछन्। तेस्रो क्वाटरफाइनलमा ज्ञानोदय र सूर्योदयबीच प्रतिस्पर्धा हुनेछ भने चौथो क्वाटरफाइनलमा मनकामना र ओम नेशनलबीच खेल हुनेछ।

त्यसैगरी, प्रतियोगिताको सेमिफाइनल खेल कात्तिक २७ गते र फाइनल खेल कात्तिक २८ गते आयोजना हुने आयोजकले जनाएको छ।विद्यालयस्तरीय क्रिकेट प्रतिभाको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित अक्षरारम्भ कप २०८३ अब नकआउट चरणमा प्रवेश गरेको छ। क्वाटरफाइनलसँगै प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

आयोजक: सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय तथा न्यू वेभ माध्यमिक विद्यालय।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...