14 November ,2026,Saturday

माहेश्वरी समाज वीरगंजद्वारा बिन्दवासिनी केहुनीका १५० छठ व्रतालु महिलालाई साडी वितरण

वीरगंज, २७ कार्तिक । वीरगंज छठ पर्वको अवसर पारेर माहेश्वरी समाज वीरगंजले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–केहुनीमा छठ पर्व मनाउने १५० जना व्रतालु महिलालाई साडी वितरण गरेको छ।

छठ पर्वलाई लक्षित गर्दै समाजले धार्मिक तथा सामाजिक सेवाको भावनासहित व्रतालु महिलाहरूलाई साडी वितरण गरेको हो। छठ पर्वमा व्रत बस्ने महिलाहरूलाई सहयोग पुर्‍याउने तथा पर्वको खुसी र उत्साहमा साथ दिने उद्देश्यले साडी वितरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

माहेश्वरी समाज वीरगंजका अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रमेश साबु,विकास कर्नानी,दीपक बाहेती,शिव मोहत,अंकित माहेश्वरी लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै सहभागीहरूले छठ पर्व धार्मिक आस्था, पवित्रता, अनुशासन र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता सहयोगमूलक कार्यक्रमले समाजमा आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना बलियो बनाउने धारणा व्यक्त गरेका थिए।

माहेश्वरी समाज वीरगंजले विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि मार्फत समुदायसँग जोडिँदै आएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने तथा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

साडी वितरण कार्यक्रमबाट छठ पर्व मनाउने १५० जना महिलाहरू लाभान्वित भएका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...