15 November ,2026,Sunday

अक्षरारम्भ कप २०८३ को उपाधि विद्या सदनलाई, ज्ञानोदयलाई ७१ रनले पराजित गर्दै बन्यो च्याम्पियन

वीरगंज, २८ कार्तिक । अक्षरारम्भ कप २०८३ अन्तर्गत आज सम्पन्न भव्य फाइनल खेलमा विद्या सदन माध्यमिक विद्यालयले ज्ञानोदय माध्यमिक विद्यालयलाई ७१ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ।

प्रतियोगिताको दशौँ दिनको २३ औँ तथा अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विद्या सदनले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ११८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ज्ञानोदय माध्यमिक विद्यालयले १५.३ ओभरमै सम्पूर्ण विकेट गुमाएर जम्मा ४७ रन बनाउन सक्यो। यससँगै विद्या सदनले ७१ रनको शानदार जित निकाल्दै अक्षरारम्भ कप २०८३ को च्याम्पियन बन्न सफल भयो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५६ रन बनाउनुका साथै ३ विकेटसमेत लिन सफल विद्या सदनका रिजवान अन्सारी फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। जसअनुसार विद्या सदनका अफ्ताब खानले ८० बलमा ८७ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यानको अवार्ड प्राप्त गरे। त्यस्तै, जीएचपीका कृष्ण यादवले प्रतियोगिताभरि ११ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि हात पारे। विद्या सदनकै रिजवान अन्सारीले प्रतियोगितामा ८४ रन बनाउनुका साथै ८ विकेटसमेत लिँदै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे।त्यसैगरी, ओम नेसनल एकेडेमीका सिद्धान्त यादवले उदाउँदो खेलाडी, जीएचपीका अर्पित गिरीले उत्कृष्ट क्षेत्ररक्षक, ओम नेसनल एकेडेमीका वाहिद खानले उत्कृष्ट विकेटकिपर तथा विद्या सदनका प्रशिक्षक शम्साद अन्सारीले उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे। प्रतियोगिताभरि अनुशासन र खेलभावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको ओम नेसनल एकेडेमीले प्रतियोगिताको अनुशासित टोलीको उपाधि प्राप्त गर्‍यो।

आज आयोजित समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नं. २ का माननीय प्रतिनिधिसभा सदस्य सुशील प्रसाद कानू रहनुभएको थियो। कार्यक्रमको सभापतित्व अक्षरारम्भ कपका आयोजक तथा सनलाइट माध्यमिक विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले गर्नुभएको थियो। कार्यक्रममा मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरन प्रधान, मिनील्यान्डका लालबाबु पटेल तथा उहाँका छोरा सुरज बाबु पटेल, लिटिल एन्जल्सका प्रबन्धक मणि पाक्रिन, क्रिकेट अम्पायर डा. बासु कर्ण, ओम नेसनल एकेडेमीका प्रधानाध्यापक हरिश्याम ठाकुर, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव गुप्ता, पत्रकार जगत राय तथा मञ्जेश मगर, युवा समाजका सञ्जीव थापा, फुटबल क्षेत्रका रोशन गुप्ता, समाजसेवी मार्टिन मोक्तान, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश लिम्बू, उत्तम गुप्ता, रेशेप एजुकेसनका राहुल खेवत तथा वेदान्त पब्लिकेसन्सका मनिष चौधरीलगायत विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षाप्रेमी, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फाइनल खेल सञ्चालनका लागि अम्पायरको भूमिकामा डा. हिरालाल राउत र सतीश सिंह राजपूत रहनुभएको थियो भने स्कोररको जिम्मेवारी अमन हुसेनले निर्वाह गर्नुभएको थियो।

समापन समारोहमा विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई पदक, प्रमाणपत्र र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै प्रतियोगिताको मेडिकल पार्टनरका रूपमा रहेर प्रतियोगिताभरि स्वास्थ्य तथा आकस्मिक उपचार सेवामा सहयोग पुर्‍याएको प्रभु अस्पताललाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।यसै अवसरमा प्रतियोगिताको सफल आयोजना, व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका लाल बहादुर गुरुङलाई पनि विशेष सम्मान गरिएको थियो। उहाँले प्रतियोगितालाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि माननीय सुशील प्रसाद कानू तथा अक्षरारम्भ कपका पदाधिकारीहरूले सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। उक्त सम्मानले प्रतियोगिताको सफलताका लागि पर्दापछाडि रहेर निरन्तर योगदान पुर्‍याउने व्यक्तिहरूको भूमिकालाई समेत उच्च मूल्याङ्कन गरेको छ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, प्रतिस्पर्धात्मक भावना र प्रतिभाको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको अक्षरारम्भ कप २०८३ ले वीरगंज तथा आसपासका विद्यालयहरूमा क्रिकेटप्रतिको उत्साह थप बढाएको छ। विद्यालयस्तरबाटै प्रतिभावान् क्रिकेट खेलाडी उत्पादन गर्ने र विद्यार्थीहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले अन्तरविद्यालय क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

आयोजकले अक्षरारम्भ कपलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अक्षरारम्भ कप २०८४ आगामी वर्ष दसैँ र तिहारको बीचमा आयोजना गरिने जानकारी गराएका छन्।

यसरी विद्या सदनको ऐतिहासिक जितसँगै अक्षरारम्भ कप २०८३ भव्य र सफल रूपमा सम्पन्न भएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...