शिक्षक बिधेयक ऐन बिरुध्द शिक्षक माहासंघ पर्सा द्वारा बिरोध प्रदर्शन
बीरगंज । शिक्षक बिधेयक बिरुध्द शिक्षक माहासंघ पर्साले बिरोध प्रदर्शन गरेको छ। नेपाल शिक्षक माहासंघ बीरगंज पर्साको आयोजनामा शुक्रबार बीरगंजको घण्टाघरमा शिक्षक बिधेयक ऐन जलाउदै सरकार बिरुध्द शिक्षकहरुले सरकार मूर्दाबाद,ल्याएको बिधेक ऐन खारेज गर समेतका नारा लागाएका छन ।

नेपाल शिक्षक माहासंघ बीरगंजको अध्यक्ष बिनोद मेहताको अध्यक्षतामा बिरोध प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनमा बिभिन्न शिक्षक संघ संस्थाहरुको सहयोग रहेको थियो । उक्त प्रदर्शन कार्यक्रममा नेपाल शिक्षक संघका नगर अध्यक्ष रबि चौरसियाले हामी शिक्षकलाई सरकारले मान्सिक रुपमा तनाव दिदै,हामीलाई अहेलना समेत गर्दै आएको छ । २०८० का शिक्षक बिधेयक ऐन जारी गरेको शिक्षक ऐन सम्पूर्ण शिक्षकरुको बिरोधमा रहेको जनाएका छन । हाम्रो माग सरकारले सम्बोधन नगरे हामी कडा रुपमा आन्दोलनमा जाने बताएका छन ।

उक्त बिरोध कार्यक्रममा नेपाल शिक्षक सङगठनको अध्यक्ष बिनोद गिरी,सचिव रेयाज अंसारी,सघीय शिक्षक फोरमबाट अध्यक्ष हरिन्दर चौरसिया,सचिव रामाधार शाह,सह–सचिव द्वारिका चौहान,नेपाल शिक्षक मंचको अध्यक्ष दिपनारायण श्रिवास्तव,उपाध्यक्ष राकेश मिश्रा,बाबुनन्द पटेल लगायतको शिक्षकहरुको उपस्थितिमा यो शिक्षक बिधेक ऐन बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?
