सही खबर, सही समयमा

दुई सिफ्टमा परवानीपुर गाउँपालिकाको कार्यालय खुल्ने : मुन्ना शाह रौनियार

ई-दैनिक जागरण
२०८० आश्विन २०, शनिबार २१:३२

वीरगंज।बारा जिल्लाको परवानीपुर गाउँपालिकाको कार्यालयले दुई सिफ्टमा कार्यालय सन्चालन गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना शाह रौनियारले एक विज्ञप्ति जारी गर्दै विहान ७ बजे देखी १० बजे सम्म र १० बजे देखी साझ ५ बजे सम्म दुई सिफ्टमा कार्यालय सुचारुहुने जानकारी गराएका छन् ।

पालिकाको कार्यालयले दिनमा मात्र सेवा दिँदा दिनमा काम गर्ने मानिसहरूको लागि आफ्नो दैनिकी काम छोडेर कार्यालयको कामले आउनु परेको र कसै कसैको २ दिन सम्म काम छोडनु परेको जस्ता समस्याले दैनिकीमा काम गर्ने कामदारहरुको आम्दनी रुकने तथा कतिपय ठाउँमा काम पनि छोडनु पर्ने बाध्यता हुने गरेको जस्ता समस्यालाई मध्यनजर गर्दै बिहानको समयमा पनि कार्यालय सन्चालन गरेर त्यस्ता व्यक्तिहरूको कामकाज गरिदिने उदेश्यले दुई सिफ्टमा कार्यालय सन्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत मुन्‍ना साह रौनियारले बताए ।

मिति २०८०–०६–१८ गते देखि हप्ताको २ दिन आईतबार र सोमबार मात्र बिहान ७ बजेदेखि १० बजेसम्म र १० बजे देखि ५ बजे सम्म २ सिफ्टमा कार्यलय संचालन गरी राष्ट्रिय परिचयपत्र, प्रशासन,योजना,पंजिकरण दर्ता चलानी शाखा र वडा नं १ देखि ५ सम्मका वडा कार्यालयहरु कामकाज पालिकाबाट नै हुने प्रमुख प्रशासकिय अधिकृत रौनियारले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?