सही खबर, सही समयमा

करेन्ट लागेर पटेर्वासुगौलीमा एकजनाको मृत्यु

ई-दैनिक जागरण
२०८० मंसिर १९, मंगलवार १४:३१
वीरगंज, १९ मङ्सिर/ बाख्रालाई पात टिप्ने क्रममा रुखमा चढेका एकजना व्यक्तिको आज दिउँसो मृत्यु भएको छ ।
पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वाका चोकट साह तेली रूखमा चढेर पात टिप्ने क्रममा छेउमा रहेको ११ हजार भोल्टको तारमा करेन्ट लागेको थियो ।
प्रहरीले तेलीको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?