सही खबर, सही समयमा

अत्यधिक चीसोका कारण जनजीवन प्रभावित

ई-दैनिक जागरण
२०८० माघ ७, आईतवार २०:३६
वीरगंज ०७ माघ। तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लागेर सितलहरी चलेकोले अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ।
तराईको जिल्लाहरूमा तीन सातादेखि घाम नलागेको र हुस्सु लागि चिसो हावा चल्ने गरेको कारण अत्याधिक चिसो भएको छ। चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। चिसोले बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन्। चिसोले गर्दा मानिसहरू घरबाट कम मात्रामा निस्कने गरेका छन। बजार पनि सुनसान जस्तै भएको छ। गरिबीको रेखामुनि रहेका बिपन्न बर्ग पनि न्यानो कपडा नहुँदा चिसोले प्रभावित भएका छन्।
बिगतमा स्थानीय निकाय विभिन्न सामाजिक सङ्घसंस्थाहरूले गरिब परिवारलाई न्यानो कपडा वितरण गर्ने गरेका थिए। यस वर्ष भने दाताहरू निस्क्रिय देखिएका छन। बिहानैदेखि चिसो हावा चलेर मौसम अत्याधिक चिसो हुने गरेको छ। दिउँसो पनि घाम लाग्ने गरेको छैन जस्ले गर्दा जनजीवन कष्टकर बनेको छ।
वीरगंजमा वीरगंज महानगर पालिकाले चोकचोकमा आगो बल्ने ब्यबस्था गरेको छ भने ग्रामीण भेगका जनताले भने कठ्याङ्ग्रिएर रात दिन बिताउनु परिरहेको छ। अझै केहिदिन घाम नलाग्ने अनुमान मौसम पूर्वअनुमान महाशाखाले बताएको छ। जस्ले गर्दा ताराको जनजीवन थप कष्टकर हुने भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?