सही खबर, सही समयमा

जनमत पार्टी पर्सा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, १३ सदस्यीय कोर कमिटी गठन

ई-दैनिक जागरण
२०८२ पुष १, मंगलवार २२:५१

अभिलाष गुप्ता

वीरगंज, ०१ पुस ।  पर्सा क्षेत्र नं. ४ अन्तर्गत जनमत पार्टीद्वारा हिजो सम्पन्न निर्वाचन क्षेत्रीय स्तरीय बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बृजेश्वर प्रसाद चौधरीको अध्यक्षता मा सम्पन्न उक्त बैठकमा गहन छलफलपछि प्रतिनिधिसभा उम्मेदवारका लागि महिला नेत्री सिमा गुप्तालाई सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको छ ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक संरचना सुदृढ बनाउने उद्देश्यले जगदीश पटेलको संयोजकत्वमा १३ सदस्यीय कोर कमिटी समेत गठन गरेको छ । कोर कमिटीले निर्वाचन तयारी, जनसम्पर्क विस्तार तथा पार्टी गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउने बताइएको छ ।

यसैबीच, जनमत पार्टी पर्सा क्षेत्र नं. ४ को अर्को बैठक पौष ०५ गते शनिबार दिउँसो १२ बजे कालिकामाई गाउँपालिका–४, कटी बलुवामा बस्ने कार्यक्रम तय गरिएको छ । उक्त बैठकमा आगामी रणनीति, संगठन विस्तार तथा निर्वाचन सम्बन्धी थप कार्ययोजना बारे विस्तृत छलफल हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?