सही खबर, सही समयमा

सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ५३ जनाले गरे रक्तदान

ई-दैनिक जागरण
२०८२ पुष ९, बुधबार १८:१३
वीरगंज, ९ पुस ।  सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा आयोजित खुला रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
बुधवार वीरगंजस्थित मुर्ली श्रीपुर शाखाको प्राङ्गणमा आयोजित कार्यक्रममा राम भण्डारी, शुभम सिन्हा, राजु पटेल, सागर खत्री, रूपा श्रेष्ठ, बिटु गुप्ता, धन आले, स्मिता साह, विवेक सिंह, सुनिल श्रेष्ठ लगायतले रक्तदान गरेका हुन् ।
सिद्धार्थ बैंक आदर्शनगर शाखाका प्रमुख मातृका प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले बैंक केवल आर्थिक कारोवारमा सीमित नभई मानवीय जीवनसँग पनि प्रत्यक्ष जोडिनु आवश्यक रहेको उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
कार्यक्रममा शाखाका प्रमुख भरत पौडेल, मधेस प्रदेश प्रमुख ज्ञानेन्द्र कार्की, कर्जा इन्चार्ज स्वेता मानन्धर जि. डी. फर्मास्युटिकल दीपम गोयललगायत बैंकका कर्मचारीहरुको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?