वीरगंजमा नेपाल रेडक्रस सोसाइटीको मस्यौदा विधान २०८२ कार्यशाला सम्पन्न
अभिलाष गुप्ता
वीरगंज, १० पुस । वीरगंज नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका आठवटै जिल्लाका सहभागितामा वीरगंजमा मस्यौदा विधान २०८२ सम्बन्धी छलफल तथा परामर्श कार्यशाला सम्पन्न भएको छ । यस कार्यशालाको उद्घाटन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यमा भएको थियो ।
उद्घाटन समारोहमा वीरगंज शाखाकि उपसभापति श्रीमती मधु राणा,पुर्व केन्द्रिय सदस्य श्याम पोखरेल लगाएतका विशेष ब्यक्तीहरुको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा बिरगंज शाखाका सभापति बृजकिशोर पटेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यशालाको उद्देश्य र मस्यौदा विधानको महत्वबारे प्रकाश पारे । उद्घाटन संयुक्त रूपमा परम्परागत रूपमा गमलामा पानी हालेर गरिएको थियो।कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फूल महम्द मियाँले गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृज किशोर पटेल, केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोइराला, पर्सा शाखाका कोषाध्यक्ष दया संकर सिंह, कार्यालय प्रमुख बिरसमसेर कुर्मी, उमेश मिश्रा लगायत विभिन्न जिल्लाका रेडक्रस पदाधिकारी तथा रेडक्रसकर्मीहरूको उपस्थिती रहेको थियो ।
आयोजकका अनुसार कार्यशालामा आठ वटा जिल्लाबाट आएका पदाधिकारी र रेडक्रसकर्मीहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा मस्यौदा विधान २०८२ सम्बन्धी छलफल, सुझाव आदानप्रदान र नीति सुधारका सम्बन्धमा विस्तृत परामर्श गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले यस प्रकारको कार्यशालालाई महत्वपूर्ण अवसरका रूपमा लिनुका साथै विधि, नीति र संगठनात्मक सुधारमा स्थानीय तहका अनुभव र सुझावहरूलाई समेट्ने प्रयास गरिएको जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




