सही खबर, सही समयमा

नवदीप एकेडेमीका PG देखि कक्षा २ सम्मका विद्यार्थीद्वारा सांस्कृतिक तथा नाट्य कार्यक्रम सम्पन्न

ई-दैनिक जागरण
२०८२ माघ ४, आईतवार २१:०५

वीरगंज, ०४ माघ । वीरगंज महानगरपालिका–१५ मा अवस्थित नवदीप एकेडेमीको १३ औँ वार्षिकोत्सवको दोस्रो दिन PG देखि कक्षा २ सम्मका विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक तथा नाट्य कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ । विद्यालय परिसरमै आयोजित उक्त कार्यक्रममा बालबालिकाहरूले विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिँदै दर्शकहरूको मन जितेका थिए ।

कार्यक्रम नवदीप एकेडेमीका फाउन्डर–डाइरेक्टर सुशीला साह र जोशना गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य एकेडेमीका भाइस प्रिन्सिपल इन्जिनियर विशाल साहले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेहा अग्रवाल र स्वरुपा पौडेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?