20 September ,2026,Sunday

सिसिटिभी चोरी गर्ने चौधरी सामुदायिक प्रहरीद्वारा पक्राउ

वीरगंज, २ साउन । सिसिटिभी चोरी गरेको आरोपमा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले एकजना चोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर ११ घर भएका महम्मद हासिम मंसुरीको घरमा सिसिटिभी क्यामरा चोरी गर्ने वर्ष २१ का आशिष कुमार चौधरीलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर–११ ले पक्राउ गरेको हो । चोरी गर्ने चौधरीलाई विशेष सुराकीको आधारमा मंगलवार बिहान ८ः३० बजे वडा नम्बर ११ बाट पक्राउ गरिएको सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिनुभएको छ।
वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वा घर भएका हाल वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथटोल डेरा गरि बस्दै गरेका चौधरीले जेठ २७ गते राति १ बजे मन्सुरीको घरमा लागेको सिसिटिभि क्यामारा चोरी गरेको थियो ।
चोरी गर्ने तीन समूह रहेकोमा एक जना पक्राउ परेका छन भने बाँकी २ जना विकास चौधरी र रबिन्द्र चौधरीको खोजी भइरहेको सचिव प्रधानले बताउनुभयो । दुवैजनाको नाम आशिष कुमार चौधरीले पोलेका छन् ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ का हवदार ओमप्रकाश साह, प्रहरी सहायक हवल्दार लालुमाया महतो, सदस्य राजेश कुमार सिंह लगायतको उपस्थित रहेको सचिव प्रधानले बताउनुभएको छ ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...