सही खबर, सही समयमा

नयाँ वर्षसँगै नयाँ व्यवसायको शुभारम्भ

ई-दैनिक जागरण
२०८३ बैशाख १, मंगलवार २३:५९

वीरगंज, ०१ बैशाख । वीरगंजस्थित नेशनल मेडिकल कलेज जाने बाटोमा, सोल्टी गार्डेन होटल तथा पार्टी प्यालेस अगाडि आर.आर.के. इन्टरप्राइजेजद्वारा “बृन्दावन आइसक्रिम” सञ्चालनमा ल्याइएको हो।

उक्त इन्टरप्राइजेज मार्फत आइसक्रिम, केक, दुध, दही, लस्सी, पनिर तथा कोल्ड ड्रिंक्स लगायतका सामग्रीहरू एकै ठाउँमा उपलब्ध गराइने सञ्चालक हरूले जनाएका छन्। साथै, ग्राहकहरूको सुविधा लाई ध्यानमा राख्दै होम डेलिभरी सेवाको समेत व्यवस्था गरिएको छ।

सञ्चालक दिपन कुमार सिंह र राजन कुमार सिंहका अनुसार गुणस्तरीय सेवा र स्वच्छ उत्पादन मार्फत ग्राहकको विश्वास जित्ने लक्ष्य राखिएको छ। स्थानीय बासिन्दाहरूलाई एक पटक सेवा लिन आग्रह समेत गरिएको छ।
सम्पर्कका लागि ९८१७२११०७२, ९८१२२ ७८७१७ र ९७६६१७६६३७ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?