सही खबर, सही समयमा

बिस्कोको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

ई-दैनिक जागरण
२०८३ बैशाख ११, शुक्रबार १७:५०
वीरगंज ११ बैशाख । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडको आयोजनामा २८औं वार्षिकोत्सवको अवसर ३ महिला सहित ३० जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा गीता पौडेल, वर्षा शाक्य, सञ्चारकर्मी युबराज खड्का, दीपेन्द्र साह, कृष्ण पटेल, विजयलाल नकर्मी, आशिष पौडेल, हिमांशु गुप्ता, नरेश चौधरी, राकेश कुमार गुप्ता, मदन पटेल लगायत रहेका थिए।
कार्यक्रम संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा हरेराम प्रसादको उपस्थिति रहेको थियो। त्यस्तै, संस्थाका म्यानेजर बृजेश गुप्ता र सचिव श्रीमती ललिता आमात्यको विशेष उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ। कार्यक्रममा सहभागीहरूले रक्तदान जस्तो मानवीय कार्यले जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?