6 August ,2026,Thursday

आईओई प्रवेश परीक्षामा हरि खेतान बहुमुखी कलेजका अमित कुमार बर्णवालको उत्कृष्ट सफलता, पूर्ण छात्रवृत्तिसहित २१७ औँ रैंक

अभिलाष गुप्ता
वीरगंज,  २१ साउन । वीरगंजस्थित हरि खेतान बहुमुखी कलेजका विद्यार्थी अमित कुमार बर्णवालले यस वर्षको इन्स्टिच्युट अफ इन्जिनियरिङ (Institute of Engineering–IOE) प्रवेश परीक्षामा पहिलो प्रयासमै उत्कृष्ट सफलता हासिल गरेका छन्। उनले २१७ औँ रैंक प्राप्त गर्दै पूर्ण छात्रवृत्ति (फुल स्कलरशिप) प्राप्त गर्न सफल भएका हुन्।

पहिलो प्रयासमै उत्कृष्ट नतिजा हासिल गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका अमितको उपलब्धिलाई कलेजले गौरवपूर्ण सफलताका रूपमा लिएको छ। उनको यस सफलताले कलेजको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत तथा गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको कलेज परिवारको भनाइ छ।

अमितको सफलताप्रति कलेजमा खुसीको वातावरण छ। कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतान ले अमितलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै देशको सक्षम इन्जिनियरका रूपमा स्थापित हुन सफल होऊन् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

त्यसैगरी कलेज प्रमुख किशोरी राय, हरि खेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार सुरेश रुङटा, कलेज प्रशासन, सञ्चालक समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले अमितको उपलब्धिप्रति गर्व व्यक्त गर्दै उनको आगामी शैक्षिक तथा व्यावसायिक जीवन अझ सफल र उपलब्धिमूलक बनोस् भन्ने शुभकामना दिएका छन्।

कलेजका अनुसार अमितको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई सम्पूर्ण शैक्षिक परिवारका लागि प्रेरणादायी उदाहरण बनेको छ। मेहनत, अनुशासन, लगनशील अध्ययन र गुणस्तरीय शिक्षाको समन्वयबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने सन्देश अमितको सफलताले दिएको कलेजको विश्वास छ।

हरि खेतान बहुमुखी कलेजले विगतदेखि नै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि आवश्यक शैक्षिक वातावरण उपलब्ध गराउँदै आएको जनाएको छ। कलेजले आगामी दिनमा पनि यस्ता उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी उत्पादन गर्दै शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

अमित कुमार बर्णवालको यो सफलता इन्जिनियरिङ अध्ययन गर्ने लक्ष्य लिएका हजारौँ विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ भने हरि खेतान बहुमुखी कलेजका लागि समेत अर्को गौरवपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...