24 August ,2026,Monday

मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, ०८ भदौ । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले वीरगंजस्थित हरि खेतान बहुमुखी कलेजमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

आफत नेपाल वीरगंज र ग्रीनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई मानव बेचबिखन, लैङ्गिक हिंसा, यसको जोखिम, रोकथाम तथा हिंसाविरुद्ध अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले मानव बेचबिखन तथा लैङ्गिक हिंसाका विभिन्न पक्षबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी गराउनुभयो। उहाँले मानव बेचबिखन तथा हिंसाका घटनाबाट जोगिन सचेत र सजग रहनुपर्नेमा जोड दिँदै कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।

प्रहरी निरीक्षक सुवेदीले विद्यार्थीहरू समाजमा हुने हिंसा तथा बेचबिखनविरुद्ध सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै सुरक्षित समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूमा मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै सुरक्षित र हिंसामुक्त समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...