26 August ,2026,Wednesday

NICCI वीरगंज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

वीरगंज, ०९ भदाै । नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI) वीरगंज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटल वीरगंज प्रा.लि. बीच NICCI का सदस्य, बोर्ड सदस्य, कर्मचारी तथा कामदारहरू र उनीहरूका योग्य प्रत्यक्ष आश्रित परिवारका सदस्यहरूलाई विशेष स्वास्थ्य सेवा तथा सहुलियत उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार NICCI अन्तर्गतका लाभग्राहीहरूले नारायणी सेन्ट्रल हस्पिटलबाट OPD सेवामा २० प्रतिशत, अस्पतालको बेडमा २० प्रतिशत, प्रयोगशाला तथा Diagnostic सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

त्यसैगरी औद्योगिक दुर्घटना तथा आकस्मिक घटनामा आवश्यक Emergency Management तथा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ। उच्च तहका व्यवस्थापनका लागि VIP Lounge तथा प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ।

सम्झौतामा नारायणी सेन्ट्रल हस्पिटलका तर्फबाट MD डा. पवन पटेल तथा NICCI वीरगञ्ज च्याप्टरका तर्फबाट अध्यक्ष श्री अभिषेक चौधरीले हस्ताक्षर गर्नुभएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका गरी ६ जना सदस्य/प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

NICCI वीरगंज च्याप्टरले व्यवसायी, उद्योगी, कर्मचारी तथा कामदारहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सहकार्य तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...