26 August ,2026,Wednesday

युथ फिस्ट २.०’ मा बीपीसीका ५० भन्दा बढी ए प्लस ल्याउने विद्यार्थी सम्मानित

अभिलाष गुप्ता
वीरगंज, १० भदौ । वीरगंज पब्लिक कलेज (बीपीसी) ले कक्षा १२ को परीक्षामा ए प्लस ल्याई उत्कृष्ट नतिजा हासिल गरेका ५० जनाभन्दा बढी विद्यार्थीलाई सम्मान गरेको छ। कलेज परिसरमा आयोजित विशेष कार्यक्रम ‘युथ फिस्ट २.०’ अन्तर्गत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो।

कार्यक्रममा कक्षा १२ मा ए प्लस ल्याउने विद्यार्थीहरूलाई प्रशंसापत्र तथा सम्मान प्रदान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट नतिजाले कलेजको शैक्षिक वातावरणलाई थप उत्साहित बनाएको वक्ताहरूले बताएका थिए।कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले नृत्य, नाटक तथा गायन प्रस्तुत गर्दै कार्यक्रममा सहभागी अतिथि, शिक्षक तथा अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए।

त्यसैगरी, ‘युथ फिस्ट २.०’ मा विद्यार्थीहरूले विभिन्न प्रकारका खाना तथा घरेलु समान बिक्रिका स्टलसमेत सञ्चालन गरेका थिए। खानाका विभिन्न परिकारसहित राखिएका स्टलमा विद्यार्थी, शिक्षक तथा अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रम कलेजका चिफ विनय श्रेष्ठको प्रमुख आतिथ्य तथा सहप्रधानाध्यापक डा. अरविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका बासु कर्ण एवं शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो।

कलेजले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै उनीहरूको प्रतिभा, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

 

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...