3 September ,2026,Thursday

एस.ए.भी. विद्यालय रक्सौलमा श्रीकृष्ण जन्माष्टमीको रौनक, राधा–कृष्णको रूप धारण गरेका बालबालिकाले मोहे मन

रक्सौल, १८ भदाै । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा रक्सौल, लक्ष्मीपुरस्थित एस.ए.भी. विद्यालयमा श्रद्धा, भक्ति र उल्लासको अद्भुत संगम देखिएको छ। विद्यालय परिसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्ण र राधाको मनमोहक रूप धारण गरी उत्कृष्ट प्रस्तुति दिँदै सबैको मन जितेका थिए।

कार्यक्रममा साना–साना बालबालिका भगवान् श्रीकृष्णको बालरूपमा सजिएर उपस्थित भएका थिए। कसैले कान्हाको रूप धारण गरी माखन चोरीको बाललीला प्रस्तुत गरे भने कसैले राधाको रूप धारण गरी मनमोहक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले श्रीकृष्णको जन्मदेखि उहाँका विभिन्न बाललीलामा आधारित आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए।राधा–कृष्णको रूप धारण गरेका बालबालिकाको निर्दोष हाउभाउ, भावभङ्गिमा र मनमोहक प्रस्तुतिले उपस्थित शिक्षक तथा विद्यार्थीहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रमका क्रममा विद्यालय परिसर ‘जय श्रीकृष्ण’को जयघोषले गुञ्जायमान भएको थियो भने सम्पूर्ण वातावरण भक्तिमय बनेको थियो।

यस अवसरमा विद्यालयका शिक्षकहरूले यस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रमले बालबालिकालाई भारतीय संस्कृति, सनातन परम्परा तथा धार्मिक सम्पदासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। यस्ता कार्यक्रममार्फत बालबालिकामा आफ्नो संस्कृति र परम्पराप्रति सम्मानको भावना विकास हुने उनीहरूको भनाइ थियो।कार्यक्रम सफल भएकोमा विद्यालयका प्रधानाचार्य साइमन रेक्स तथा निर्देशक अरविन्द कुमार सिंह र अशोक कुमार सिंहले खुसी व्यक्त गर्दै सहभागी सम्पूर्ण बालबालिका, शिक्षक तथा विद्यालय परिवारलाई शुभकामना दिएका थिए।

कार्यक्रममा भिक्टर डेका, कुन्दन राज, मन्दीप कुमार, प्रीति म्याम, कञ्चन म्याम तथा रामभरोस सरलगायत विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो।

विद्यालय परिवारद्वारा आयोजित यस कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वलाई समेत जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...