3 September ,2026,Thursday

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्वेस्ट फार्मास्युटिकल्सको ११ लाख १ हजार सहयोग

वीरगंज, १८ भदाै । बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले क्वेस्ट फार्मास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख १ हजार आर्थिक सहयोग गरेको जनाएको छ। हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेको हो।

विपद्का कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास कम्पनीका सञ्चालक पृथ्वी राजभण्डारीले व्यक्त गरेको छ।

नेपाल सरकारले विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गर्दै आएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...